
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन कुमार थापा विज्ञहरूसहित बाढीग्रस्त क्षेत्र रसुवा पुगेका छन् ।
उद्धार र राहत वितरणको अवस्था बुझ्न उनी रसुवा पुगेका हुन् ।
चीनको तिब्बतबाट आएको अकल्पनीय बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत क्षेत्रमा ठूलो मात्रामा धनजनको क्षति हुँदा मुलुक अकल्पनीय शोकको घडीमा डुबिरहेका बेला दुई दिनअघि नुवाकोट तथा धादिङ पुगेका नेपाली कांग्रेसका सभापति बाढीबाट अति प्रभावित क्षेत्र रसुवा फेरि पुगेका हुन् ।
उनी डा. गोविन्द पोखरेल र विपद् व्यवस्थापन विज्ञ मानबहादुर थापासहित कांग्रेस नेताहरू रसुवा पुगेका छन्।
कास्की : पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागुऔषको कारोबार हुने गरेको फेला परेको छ । औषधि बिक्री गर्ने पसलबाटै ठूलो...
काठमाडौं : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसका कारण हिमाली र पहाडी भूभागमा...
काठमाडौं : नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर...