भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सेनाको उद्धार तथा राहत अभियान तीव्र – Naya Bikalpa
October 24, 2026, Saturday      Epaper

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सेनाको उद्धार तथा राहत अभियान तीव्र

काठमाडौं । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाले खोज तथा उद्धार, राहत वितरण तथा स्वास्थ्य सेवा सञ्चालनलाई तीव्रता दिएको छ । सेनाले आइतबार दिउँसो १ बजेसम्म विभिन्न प्रभावित क्षेत्रबाट हवाई साधनमार्फत थप पाँच जनाको उद्धार गरेको जनाएको छ ।

सेनाका अनुसार हालसम्म हवाई उद्धारमार्फत स्वदेशी ३ हजार ६९२ र विदेशी २७५ गरी कुल ३ हजार ९६७ जनाको उद्धार गरिएको छ ।

नुवाकोटको विदुर नगरपालिका–५, देवीघाटस्थित तादी नदीमा सेनाको इन्जिनियरिङ फौजका ५५ जनाको टोलीले पुल निर्माणलाई तीव्रता दिएको छ । टोलीले ६० मिटर लामो, ५.५ मिटर चौडा र ५० टन भारवहन क्षमता भएको एक्रो ब्रिज निर्माण गरिरहेको छ ।

यस्तै, रसुवागढी जलविद्युत आयोजनामा खोज तथा उद्धार टोली र आयोजनाका प्रतिनिधिसहितको टोली पावरहाउस तथा कन्ट्रोल प्वाइन्टसम्म पुगेर खोजी कार्यमा जुटेको छ । त्रिशूली–३ ए जलविद्युत आयोजनाको पावरहाउस तथा सुरुङमा पनि उद्धार उपकरणसहित सेनाका आठ जनाको टोली निरन्तर खोज तथा उद्धारमा खटिएको छ ।

त्रिशूली–३ बी आयोजनामा अडिट–२ बाट प्रवेश गरेको सेनाको टोली अडिट–१ बाट बाहिरिएको छ । अडिट–२ सुरुङबाट एक्स्काभेटर लैजान सक्ने गरी बाटो सफा गर्ने कामसमेत भइरहेको सेनाले जनाएको छ ।

चिलिमे हाइड्रोपावर आयोजनामा स्वदेशी तथा विदेशी सदस्य सम्मिलित संयुक्त टोलीले मिनी एक्स्काभेटर र मड पम्पको प्रयोग गरी लेदो हटाउने काम गरिरहेको छ । टोली पावरहाउसबाट करिब ५०–६० मिटर दूरीसम्म पुगेको छ । स्याफ्रुबेंसीमा स्लिङ अपरेसनमार्फत एक्स्काभेटर झारेर सुरुङ क्षेत्रमा लैजाने काम पनि भइरहेको छ ।

माथिल्लो त्रिशूली–१ आयोजनामा विदेशी प्राविधिकसहितको टोलीले थर्मल क्यामेराको प्रयोग गरी सुरुङभित्र थप खोजी गर्ने तयारी गरेको छ ।

प्रभावित क्षेत्रको मैलुङदेखि स्याफ्रुबेंसीसम्म सेनाले पैदल गस्तीमार्फत खोज तथा उद्धार कार्य जारी राखेको छ । त्रिशूली र धुन्चेमा सेनाले स्थापना गरेका आपत्कालीन उपचार केन्द्र तथा मेडिकल पेट्रोलमार्फत हालसम्म ३ हजार २९८ जनाले स्वास्थ्य सेवा लिएका छन् ।

रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन हुँदै नवलपरासी पूर्वका प्रभावित क्षेत्रसम्म सेनाका ९ हजार ३ सयभन्दा बढी जनशक्ति प्रत्यक्ष रूपमा परिचालन गरिएको छ । उनीहरूले घाइतेको खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, राहत सामग्री ढुवानी, अवरुद्ध सडक तथा पुल सञ्चालन तथा आपत्कालीन उपचारलगायतका काम गरिरहेका छन् ।

यसैबीच, नेपाली सेनाले २० वटा अक्सिजन सिलिन्डर हवाई साधनमार्फत त्रिशूली पुर्‍याएको जनाएको छ ।

सम्बन्धित समाचार

एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, तत्काल एकता सम्भव छैन : प्रचण्ड
एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, तत्काल एकता सम्भव छैन : प्रचण्ड
  • २०८३ भाद्र २१, १७: ४७

काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले) सँग राष्ट्रिय मुद्दाहरूमा सहकार्य हुनसक्ने भएपनि तत्काल...

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै
नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै
  • २०८३ भाद्र २१, १७: ४७

चितवन : कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट २०२६ कार्यक्रम आयोजना हुने भएको छ । गैरआवासीय...

औषधि पसलबाट लागुऔषध कारोबार, सञ्चालिका पक्राउ
औषधि पसलबाट लागुऔषध कारोबार, सञ्चालिका पक्राउ
  • २०८३ भाद्र २१, १७: ४७

कास्की : पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागुऔषको कारोबार हुने गरेको फेला परेको छ । औषधि बिक्री गर्ने पसलबाटै ठूलो...