
काठमाडौ ं – प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापाबीच रहस्यपूर्ण गोप्य वार्ता भएको छ। आईतबार दिउसो मन्त्रिपरिषदको बैठक सकिए लगतै उनीहरुबीच गोप्य वार्ता भएको हो। वार्तामा ओली र बादल मात्र रहेको बताइएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको सो वार्तालाई रहस्यपूर्ण रुपमा हेरिएको छ। नेकपा अध्यक्ष प्रचण्डको रेडजोनमा परेका बादल प्रधानमन्त्री ओलीका भने प्रिय पात्र मानिएका छन् । प्रचण्डले बादललाई हटाएर गृह मन्त्रालयमा जनार्दन शर्मालाई ल्याउन प्रयास गरेका थिए।
तर प्रधानमन्त्री ओलीले वादललाई नै राख्न खोजेपछि दुई अध्यक्षबीच कुरा मिलेको छैन। यस अघि मन्त्रिपरिषद्को बैठकले कुनै नयाँ निर्णय नगरेको वालुवाटार स्राेतले जनाएकाे छ ।
उनले भने ‘ यो नियमित मन्त्रिपरिषदको बैठक हो कुनै आकस्मिक होइन’। स्रोतका अनुसार सबै मन्त्रालयले आफ्नो दैनिक प्रसासनिक कामका लागि निर्णय भएको स्रोतले बतायो। प्रधानमन्त्रीले मन्त्रिपरिषद पुनर्गठन गर्ने चर्चा भएपनि त्यो केही समय लम्बने बालुवाटार स्रोतले बतायो।
गत शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री ओलीले यो बैठक खन्तिम हुन सक्ने संकेत गरेका थिए। तर आईतबार अर्को बैठक बसेका कारण पुनर्गठनमा केही ढिलाई हुन सक्ने स्रोतले बतायो।
काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई...
काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा सहभागी हुन आज साँझ अमेरिका प्रस्थान गर्दैछन् । उनी उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व...
काठमाडौं : जापानमा जारी २०औं एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष कबड्डीको समूह चरणको खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको छ । प्रतियोगितामा नेपालको यो...