
काठमाडौं : नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा आयोजित सम्पादक तथा प्रकाशकहरूको भेलाबाट गठन गरिएको छापामाध्यम सुझाव कार्यदलले दिएको सात बुँदे सुझावका आधारमा नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यसमितिले सातै प्रदेशका ७७ जिल्लामा सर्कुलर जारी गरेको छ ।
महासंघले लोककल्याणकारी विज्ञापन अर्थात् सरकारी सूचना प्रकाशनबापतको भुक्तानीमा ५० प्रतिशत कटौती गरिएपछि स्वरोजगारमुखी पत्रपत्रिकाहरू गम्भीर संकटमा परेका छन् । सोही कारण सञ्चारमाध्यमहरू आन्दोलित भएका छन् ।
यसै विषयलाई लिएर महासंघले सरकारको ध्यानाकर्षण गराउँदै तत्काल समस्या समाधान गर्न माग गरेको छ । महासंघले सम्बन्धित निकायसँग वार्ता तथा समन्वयमार्फत समाधान खोज्ने प्रयास जारी रहेको जनाएको छ भने, आवश्यक परे थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने चेतावनी पनि दिएको छ ।
महासंघले आफ्ना सबै जिल्ला र प्रदेश शाखालाई उक्त निर्णय कार्यान्वयनमा सहयोग गर्न तथा सञ्चारमाध्यमको हकहितका लागि एकताबद्ध हुन आह्वान गरेको छ ।

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित एवं प्राकृतिक विपत्तिमा घरबारविहीन भएका, आफन्त...
काठमाडौं : रसुवा, नुवाकोट लगायतका क्षेत्रमा गएको बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि नेपाली कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र माल्दिभ्सकी विदेशमन्त्री इरौथिशाम आदमबीच सोमबार दिउँसो टेलिफोन वार्ता भएको छ। वार्ताका क्रममा विदेशमन्त्री आदमले...