
काठमाडौं : नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा आयोजित सम्पादक तथा प्रकाशकहरूको भेलाबाट गठन गरिएको छापामाध्यम सुझाव कार्यदलले दिएको सात बुँदे सुझावका आधारमा नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यसमितिले सातै प्रदेशका ७७ जिल्लामा सर्कुलर जारी गरेको छ ।
महासंघले लोककल्याणकारी विज्ञापन अर्थात् सरकारी सूचना प्रकाशनबापतको भुक्तानीमा ५० प्रतिशत कटौती गरिएपछि स्वरोजगारमुखी पत्रपत्रिकाहरू गम्भीर संकटमा परेका छन् । सोही कारण सञ्चारमाध्यमहरू आन्दोलित भएका छन् ।
यसै विषयलाई लिएर महासंघले सरकारको ध्यानाकर्षण गराउँदै तत्काल समस्या समाधान गर्न माग गरेको छ । महासंघले सम्बन्धित निकायसँग वार्ता तथा समन्वयमार्फत समाधान खोज्ने प्रयास जारी रहेको जनाएको छ भने, आवश्यक परे थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने चेतावनी पनि दिएको छ ।
महासंघले आफ्ना सबै जिल्ला र प्रदेश शाखालाई उक्त निर्णय कार्यान्वयनमा सहयोग गर्न तथा सञ्चारमाध्यमको हकहितका लागि एकताबद्ध हुन आह्वान गरेको छ ।

काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले) सँग राष्ट्रिय मुद्दाहरूमा सहकार्य हुनसक्ने भएपनि तत्काल...
चितवन : कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट २०२६ कार्यक्रम आयोजना हुने भएको छ । गैरआवासीय...
कास्की : पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागुऔषको कारोबार हुने गरेको फेला परेको छ । औषधि बिक्री गर्ने पसलबाटै ठूलो...