अपराधकाे मुख्य नाकामा प्रहरीकाे कडा निगरानीपछि अपराधीले बाटाे फेर्न थाले – Naya Bikalpa
September 6, 2026, Sunday      Epaper

अपराधकाे मुख्य नाकामा प्रहरीकाे कडा निगरानीपछि अपराधीले बाटाे फेर्न थाले


नयाँ बिकल्प
काठमाडाै – नेपाल–भारतकाे सिमा अन्तर्गतकाे मुख्य नाका विरगञ्ज लगायतमा प्रहरीकाे सक्रियतापछि अपराधी र तस्करीले आफ्नाे बाटाे परिवर्तन गर्न थालेका छ ।

विरगञ्ज नाका नेपाल भारतबीच हुने सवैभन्दा ठुलाे ब्यापारीक नाका हाे । याे नाकाबाट विगतमा सबैभन्दा ठुलाे मात्रामा तस्करी र अपराधका घटना हुने गरेका थिए । प्रदेश-२ प्रहरीले सिमापार हुने तस्करी र अपराधका घटना नियन्त्रणकालागि विशेष टाेलि नै बनाएर परिचालन गरेकाे छ ।

दुइ देशबीच हुने बस्तु आयात निर्यातमा बीरगञ्ज नाका तस्करीसंगै लागूऔंषधकाे ओसार-पसार हुने मुख्य नाकाकाे रूपमा प्रयाेग हुँदै अाएकाे छ । प्रहरी मुख्यालयले सबैभन्दा बढी सुरक्षा चुनाैति मानेकाे प्रदेश २ प्रहरीकाे नेतृत्वमा डिआइजी धिरजप्रताप सिंहलाइ पठाएसंगै गैरकानुनी क्रियाकलाप नियन्त्रणमा अपेक्षित सफलता मिलेकाे छ ।

सिंह नेपाल प्रहरी भित्र ब्यवसायीक, निडर र सुरक्षामा कुनै सम्झाैंता नगर्ने प्रहरी अधिकारीकाे रूपमा चिनिन्छन् । महानगरिय अपराध महाशाखाकाे जिम्मेवारीमा रहँदा सिंह नेतृत्वमा हाइप्राेफाइल हत्या, चाेरी, डकैति तथा बैङ्क ह्याकिङ प्रकरणमा कुशलतापूर्वक सफल अनुसन्धान गरेका थिए ।

सिंहले कमाण्ड सम्हालेका अधिकांश क्षेत्रमा प्रहरीलाइ सफलता मिलेपछि मुख्यालयले उनलाइ सबैभन्दा बढी सुरक्षा चुनाैति रहेकाे प्रदेश -२ प्रहरी प्रमुखकाे जिम्मेवारीमा पठाएकाे थियाे । सिंहले कमाण्ड सम्हालेसंगै ८ बव जिल्लाबाट हुने तस्करी र अपराधका घटनामा कमि अाएकाे छ ।

प्रदेश २ अन्तर्गतका ८ वटा जिल्ला भारतसंग सीमा जाेडिएका छन् अधिकांश भुभाग जाेडिएकाे खुला सिमाना छ । गैरकानुनी क्रियाकलाप, तस्करी र चाेरी पैठारीलाइ नियन्त्रणका लागि प्रदेश प्रहरीले शुक्ष्म रूपमा विशेष अपरेशन सञ्चालन गर्दै आएकाे छ ।

प्रदेश प्रहरीकाे सक्रियतामा १५ केजी नक्कली सुन काण्डका मुख्य अभियुक्त उल्ताफ हुसेनले, १२ बर्ष अघि मारिएका पत्रकार विरन्द्र शाहका हत्यारा नियन्त्रणमा आइसकेका छन् । विरगंञ्ज नाकामा हुने कतिपय अपराध र तस्करी शक्ति केन्द्रसंग जाेडिएकाहरूकाे समेत संलग्नता रहेकाे पाइन्छ ।

तर सिंहले अपराधी जाे सुकै किना नहाेस कानुनी दायरमा ल्याएरै छाडने गरेका छन् । प्रायः दैनिक अपराधका साना ठुलाे घटना हुने विरगंञ्ज नाका पछिल्लाे समय शान्त जस्तै बनेकाे छ । एक देशमा अपराध गरि अर्काे देशमा लुक्ने अपराधीले प्रयाेग गर्ने याे नाका अपराधीले प्रयाेग गर्न समेत छाडेका छन् ।

प्रदेश -२ अन्तर्गतका नाकहरूमा प्रहरीका सक्रियता पछि पछिल्लाे समय तस्करी तथा चाेरी पैठारीकाेलागि रूपन्देहीकाे बेलहिया–सुनाैली नाका प्रयाेग हुन थालेकाे छ । अपराधीले विरगंञ्ज नाकाबाट अावत जावत गर्दा पक्राउ पर्ने डरले रूपन्देही लगायत पश्चिमका नाका प्रयाेग गर्न थालेपछ ति नाकामा शुक्ष्म निगरानी गर्न प्रहरी मुख्यालयबाट समेत विशेष टाेलि परिचालन गरिएकाे छ ।

प्रहरी मुख्यालयले पछिल्लाे समय विरगंज नाकाबाट हुने तस्करी र अपराधका घटनामा कमि आएपनि सुनाैलाी नाकाबाट भैरहेकाे तस्करीबारे रूपन्देही प्रहरीमाथि शुक्ष्म निगरानीमा राखेकाे छ।

उपत्यकामा हुने कतिपय अपराधका घटनामा संलग्न अभियुक्तहरूकाे पक्राउपछि अपराधीहरूले आफ्नाे जक्शन समेत परिवर्तन गर्न थालेकाे सूचना प्रहरी मुख्यालयले पाएसंगै कडा निगरानी गर्न मातहतका निकायलाइ सर्कुलर समेत गरेकाे छ ।

मुख्यालय स्राेतकाअनुसार पछिल्लाे समय विरगंञ्जबाट हुने गरेकाे खाद्यान्न, लत्ताकपडा, नक्कली मुद्राकाे ओसारपसार लगायत विभिन्न खाद्य बस्तुकाे तस्करी, लागूऔंषधकाे ओसार पसारसंगै नेपालबाट ठुलाे मात्रामा सुपारी, केराउ लगायता सामान रूपन्देहिकाे वेलहिया सुनाैली नाकाबाट हुने गरेकाे छ ।

गैरकानुनी रूपमा हुने गतिविधि नियन्त्रण तथा राेकथामकालागि प्रदेश २ प्रहरी कार्यालयले ८ वटै जिल्ला प्रहरी प्रमुखहरूलाई कडा निगरानी राख्न निर्देशन दिदै त्यस्ता गतिविधि विरुद्धको स्टिङ अपरेसन चलाउँदै आएकाे छ ।

सम्बन्धित समाचार

कांग्रेस कार्यसम्पादन समिति बैठक : उद्धारमा ढिलाइ भएको भन्दै बाढी क्षेत्रका जनप्रतिनिधिहरूको आक्रोश
कांग्रेस कार्यसम्पादन समिति बैठक : उद्धारमा ढिलाइ भएको भन्दै बाढी क्षेत्रका जनप्रतिनिधिहरूको आक्रोश
  • २०७७ आश्विन ११, १७: १५

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको छ । बैठकको प्रारम्भमै देशका...

नेपाल एसिसी प्रिमियर कपको सेमिफाइनलमा
नेपाल एसिसी प्रिमियर कपको सेमिफाइनलमा
  • २०७७ आश्विन ११, १७: १५

काठमाडौं : नेपाल एसिसी प्रिमियर लिग २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । समूह ‘ए’ मा लगातार तेस्रो जित निकाल्दै...

कांग्रेस सभापति गगन थापा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता
कांग्रेस सभापति गगन थापा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता
  • २०७७ आश्विन ११, १७: १५

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता भएको छ । भेटका क्रममा दुई नेताबीच कांग्रेसभित्र देखिएको...