विचारमा बहस गरौं, नेतृत्वमा प्रतिस्पर्धा गरौं, पार्टी कमजोर नबनाऔं : सहमहामन्त्री संग्रौला – Naya Bikalpa
October 25, 2026, Sunday      Epaper

विचारमा बहस गरौं, नेतृत्वमा प्रतिस्पर्धा गरौं, पार्टी कमजोर नबनाऔं : सहमहामन्त्री संग्रौला

ललितपुर : नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौलाले पार्टीको १५औँ महाधिवेशन तोकिएकै समयमा सम्पन्न गर्नुपर्ने बताएकी छिन् । सोमबार बसेको पार्टी कार्य सम्पादन समितिको बैठकमा उनले महाधिवेशनलाई अलमल्याउने प्रयास नगर्नु पर्ने धारणा राखेकी हुन् ।

सहमहामन्त्री संग्रौलाले यसलाई पार्टीको वैधानिकता, लोकतान्त्रिक अभ्यास र भविष्यसँग जोडिएको गम्भीर विषयका रूपमा उल्लेख गरिन् । विधानले तोकेको समयसीमाभित्रै महाधिवेशन सम्पन्न गर्न नसक्दा पार्टीको वैधानिकता र राजनीतिक विश्वसनीयतामाथि नै प्रश्न उठ्न सक्ने चेतावनी उनले दिइन् । वडा, पालिका, प्रदेशदेखि केन्द्रीय तहसम्मका आवश्यक प्रक्रिया समयमै सम्पन्न गर्नुपर्ने र यससम्बन्धी कुनै अन्योल भए तत्काल स्पष्ट पारिनुपर्ने उनको भनाइ थियो ।

‘विचारमा बहस गरौँ, नेतृत्वमा प्रतिस्पर्धा गरौँ, तर पार्टीलाई कमजोर बनाउने काम नगरौँ’ संग्रौलाले भनिन् । महाधिवेशन नै पार्टीभित्रको असन्तुष्टि र मतभिन्नता समाधान गर्ने सबैभन्दा लोकतान्त्रिक माध्यम रहेको र यसबाट कार्यकर्ताले आफ्नो नेतृत्व रोज्न पाउने वातावरण बन्नुपर्ने उनको धारणा छ ।

सबै पक्षसँग संवाद गरी सहमतिको वातावरण निर्माण गर्न र कसैलाई बहिष्करण नगरी सबैलाई समेटेर महाधिवेशन सम्पन्न गर्न उनको सुझाव थियो ।

देशभरका कार्यकर्ता अहिले पार्टीभित्रको विवाद लम्बिएको हेर्न नचाहेको र उनीहरूले नेतृत्वबीचको झगडा होइन, पार्टीको सुदृढ भविष्य चाहेको भन्दै कार्यकर्ताको भावना नेतृत्वले गम्भीरतापूर्वक बुझ्नुपर्ने उनले औँल्याइन् ।

पार्टीको अनुशासन उल्लङ्घन गरेका, पार्टी परित्याग गरेका वा निधन भएका सदस्य बाहेक अन्य सबैको हकमा १५औँ महाधिवेशनका लागि नवीकरण गरिएको र नवीकरण गरे पनि विवरण अद्यावधिक नगरेका सदस्यलाई समेत महाधिवेशनमा सहभागी हुन दिने निर्णय गरिएको नेतृत्वलाई धन्यवाद दिइन् ।

डा. संग्रौलाले पार्टी बलियो भयो भने मात्रै जनताको पक्षमा प्रभावकारी रूपमा उभिन सक्ने उल्लेख गरिन् । उनले भनिन्, ‘सबै मतभेद संवादबाट समाधान गर्दै, विधान र लोकतान्त्रिक प्रक्रियाको सम्मान गर्दै १५औँ महाधिवेशन समयमै सम्पन्न गरौँ र पार्टीलाई थप विभाजन होइन, नयाँ ऊर्जा, नयाँ विश्वास र एकताका साथ अगाडि बढाऔँ ।’

यसैगरी, भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पार्टीको आन्तरिक संरचना, भ्रातृ संस्था तथा शुभेच्छुक सङ्गठनहरूलाई थप परिचालन गरी राहत, उद्धार र पुनर्निर्माणमा सघाउने र सरकारलाई समेत उपयुक्त सुझाव दिने निर्णय बैठकले गरेको छ ।

यस्तै, डा. संग्रौलाले भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकप्रति गहिरो दुःख व्यक्त गर्दै ज्यान गुमाउनुभएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना पनि व्यक्त गरिन् ।

सम्बन्धित समाचार

बागमती सफाइ अभियान जारी
बागमती सफाइ अभियान जारी
  • २०८३ भाद्र २२, १८: ५३

काठमाडौं : ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ सुरु भएको बागमती सफाइ महाअभियान शनिबार पनि जारी रह्यो...

एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, तत्काल एकता सम्भव छैन : प्रचण्ड
एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, तत्काल एकता सम्भव छैन : प्रचण्ड
  • २०८३ भाद्र २२, १८: ५३

काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले) सँग राष्ट्रिय मुद्दाहरूमा सहकार्य हुनसक्ने भएपनि तत्काल...

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै
नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै
  • २०८३ भाद्र २२, १८: ५३

चितवन : कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट २०२६ कार्यक्रम आयोजना हुने भएको छ । गैरआवासीय...