निवर्तमान सहमहामन्त्री डिना उपाध्यायको संयोजनमा कांग्रेस एकै भएर १५औं महाअधिवेशन गराउने सहमति नजिक – Naya Bikalpa
September 12, 2026, Saturday      Epaper

निवर्तमान सहमहामन्त्री डिना उपाध्यायको संयोजनमा कांग्रेस एकै भएर १५औं महाअधिवेशन गराउने सहमति नजिक

काठमाडौं : नेपाली कांग्रेसले महाअधिवेनको तालिका सार्वजनिक गरे पश्चात् देउवा समुहमा रहेका २८ केन्द्रीय सदस्यहरुमध्ये २७ जनाले देउवालाई छाडेर मुल काङ्ग्रेस गगन/विश्वको नेतृत्वसँग जाने सहमति नजिक पुगेका छन् ।

आज पार्टी एकता भन्दै उनीहरुले वक्तव्य मार्फत दुवै तर्फका नेताहरुलाई इगो त्यागेर मुलुकका लागि कांग्रेसको एकतामा जोड दिएका छन् । उक्त एकता प्रयासमा उल्लेखनीय भूमिका खेल्दै आएका बागमती सरकारका निवर्तमान मुख्यमन्त्री एवं बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डे, त्यसैगरी कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री एवं कर्णाली प्रदेश सभापति जीवनबहादुर शाही रहेका थिए ।

सकभर सबै असन्तुष्ट नेताहरुलाई एकता गराउने त्यति नहुँदा निवर्तमान सहमहामन्त्री डिना उपाध्यायसहित २७ जना देउवा क्यम्प छाडेर सानेपा आउने तयारीमा रहेका छन् ।

नेता मीन विश्वकर्मा बाहेक सबैजसो नेताहरु गगन/विश्वसँग नजिकिँदै गएका छन् ।

१५औं महाधिवेशनमा कांग्रेसका सबै सदस्यहरू सहभागी हुनसक्ने वातावरण निर्माण गर्दै सवल नेतृत्व चयन र स्पष्ट दिशा तय गर्न उनीहरूले एक भएर बढ्नुपर्नेमा जोड दिएका छन् ।

कांग्रेस आन्तरिक कलहमा रुमलिँदा त्यसको असर समग्र राष्ट्रिय राजनीतिमा परिरहेको बताउँदै नेताहरूले विवादलाई थप चर्काउने वा पार्टीलाई अझ विभिाजित बनाउनेतर्फ अघि बढ्नु राष्ट्र र लोकतन्त्रको हितमा नहुने उल्लेख गरेका छन् ।

उनीहरूले व्यक्तिगत स्वार्थ र अहंकार त्यागेर पार्टीको बृहत् हितलाई केन्द्रमा राखी सम्पूर्ण एकताका लागि निर्णायक वार्ता प्रारम्भ गर्न नेतृत्वलाई दबाब दिएका छन् । संयुक्त वक्तव्य निकालेका कांग्रेस नेताहरूले पार्टी सभापति थापालाई भेटेरसमेत पार्टी एकताका लागि पहल गर्न आग्रह गरेका छन् ।

सम्बन्धित समाचार

यी स्थानमा भारी वर्षाको सम्भावना
यी स्थानमा भारी वर्षाको सम्भावना
  • २०८३ भाद्र २६, २१: ३६

काठमाडौं : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको छ। शनिबार...

संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा
संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा
  • २०८३ भाद्र २६, २१: ३६

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अदालतको फैसला, नेपालको संविधान र पार्टीको विधानका कारण नेपाली कांग्रेसको १५औँ महाधिवेशन तोकिएकै...

बीपी जयन्तीमा धनकुटामा सरसफाइ कार्यक्रम 
बीपी जयन्तीमा धनकुटामा सरसफाइ कार्यक्रम 
  • २०८३ भाद्र २६, २१: ३६

धनकुटा : ११३औं बीपी जयन्तीको अवसरमा नेपाली कांग्रेस धनकुटाले आज धनकुटाको ऐतिहासिक बीबारे हटिया को मार्गथान परिसरमा सरसफाइ कार्यक्रमको आयोजना...