संघीय संसद्का दुवै सदनको बैठक बस्दै – Naya Bikalpa
September 24, 2026, Thursday      Epaper

संघीय संसद्का दुवै सदनको बैठक बस्दै


काठमाडौं : संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ।

प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्दैछ।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘निःशुल्क कानुनी सहायतासम्बन्धी विधेयक, २०८३’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।

यसैगरी, बैठकमा पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले ‘फोहोरमैला व्यवस्थापन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

राष्ट्रियसभाः लोक सेवा आयोगको प्रतिवेदन पेस हुने

यस्तै, राष्ट्रियसभाको बैठक अपराह्न १:१५ बजे बस्दैछ।

आजको बैठकमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रको बेहोरा जानकारी गराउने कार्यसूची छ।

यसैगरी, बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिनेछन्।

प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले लोक सेवा आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन सभासमक्ष पेस गर्नेछन्।

यसैगरी, बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्णप्रसाद पौडेलले ‘विकास, आर्थिक मामिला तथा सुशासन समितिको आर्थिक वर्ष २०८२÷०८३ को वार्षिक प्रतिवेदन’ सभासमक्ष पेस गर्नुहुने कार्यसूची छ ।

सम्बन्धित समाचार

कृष्णभिर र ज्यामिरेमा पहिरो खसेपछि पृथ्वी राजमार्ग एकतर्फी
कृष्णभिर र ज्यामिरेमा पहिरो खसेपछि पृथ्वी राजमार्ग एकतर्फी
  • २०८३ आश्विन ८, ०७: ४४

काठमाडौं : पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभिर नजिकै लेदोसहितको पहिरो खसेपछि सवारी आवागमन प्रभावित भएको छ। जिल्ला प्रहरी कार्यालय धादिङका...

आज कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षाको सम्भावना
आज कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षाको सम्भावना
  • २०८३ आश्विन ८, ०७: ४४

काठमाडौं । देशभर मनसुनी वायुको प्रभावसँगै पश्चिमी वायुको आंशिक प्रभावसमेत रहेको छ। बंगालको खाडीमा विकसित न्यून चापीय क्षेत्र पश्चिम–मध्य तथा...

कांग्रेस नागर्जुन सभापतिमा राजेन्द्र बुढाथोकी विजयी
कांग्रेस नागर्जुन सभापतिमा राजेन्द्र बुढाथोकी विजयी
  • २०८३ आश्विन ८, ०७: ४४

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत काठमाडौंको नागार्जुन नगर सभापतिमा राजेन्द्र बुढाथोकी विजयी भएका छन्। नागार्जुन नगरको तेस्रो नगर अधिवेशनअन्तर्गत...