कृष्णभिर र ज्यामिरेमा पहिरो खसेपछि पृथ्वी राजमार्ग एकतर्फी – Naya Bikalpa
September 24, 2026, Thursday      Epaper

कृष्णभिर र ज्यामिरेमा पहिरो खसेपछि पृथ्वी राजमार्ग एकतर्फी


काठमाडौं : पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभिर नजिकै लेदोसहितको पहिरो खसेपछि सवारी आवागमन प्रभावित भएको छ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार शुक्रबार बिहान करिब साढे ५ बजे बेनीघाट रोराङ गाउँपालिका-७ स्थित कृष्णभिरभन्दा १०० मिटर अगाडि लेदोसहितको पहिरो खस्दा राजमार्ग एकतर्फी मात्र सञ्चालन भइरहेको छ। सोही गाउँपालिकाको वडा नं. ९ ज्यामिरे क्षेत्रमा पनि पहिरो खसेको प्रहरीले जनाएको छ।

लगातार परिरहेको पानीका कारण सडकमा थुप्रिएको लेदो पन्छाउन समस्या भइरहेको छ।

गत भदौ १० र १४ गते आएको बाढीका कारण कृष्णभिरमा सडक कटान हुँदा पृथ्वी राजमार्ग १८ दिनसम्म पूर्ण रूपमा अवरुद्ध भएको थियो। पछि नयाँ ट्र्याक निर्माण गरी असोज १ गतेदेखि सडक सञ्चालनमा ल्याइएको भए पनि निरन्तरको वर्षा र पहिरोले पुनः यातायात सेवा जोखिमपूर्ण बनेको छ।

सम्बन्धित समाचार

संघीय संसद्का दुवै सदनको बैठक बस्दै
संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • २०८३ आश्विन ८, ०७: ५०

काठमाडौं : संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्दैछ। बैठकमा कानुन, न्याय तथा संसदीय...

आज कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षाको सम्भावना
आज कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षाको सम्भावना
  • २०८३ आश्विन ८, ०७: ५०

काठमाडौं । देशभर मनसुनी वायुको प्रभावसँगै पश्चिमी वायुको आंशिक प्रभावसमेत रहेको छ। बंगालको खाडीमा विकसित न्यून चापीय क्षेत्र पश्चिम–मध्य तथा...

कांग्रेस नागर्जुन सभापतिमा राजेन्द्र बुढाथोकी विजयी
कांग्रेस नागर्जुन सभापतिमा राजेन्द्र बुढाथोकी विजयी
  • २०८३ आश्विन ८, ०७: ५०

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत काठमाडौंको नागार्जुन नगर सभापतिमा राजेन्द्र बुढाथोकी विजयी भएका छन्। नागार्जुन नगरको तेस्रो नगर अधिवेशनअन्तर्गत...