संसदीय समितिले समाज कल्याण परिषदका पुराना फाइल झिकायाे – Naya Bikalpa
September 22, 2026, Tuesday      Epaper

संसदीय समितिले समाज कल्याण परिषदका पुराना फाइल झिकायाे


नयाँ विकल्प
काठमाडाैं- संसदको महिला वालवालिका तथा सामाजिक समितिले समाज कल्याण परिषदमा भइरहेकाे अनियमितताबारे छानविनकाे लागि पुराना फाइल उपलब्ध गराउन निर्देशन दिएकाे छ ।

संसदीय समितिले समाज कल्याण परिषदलाई स्थापना कालदेखि अहिलेसम्म गैर सरकारी संस्थामार्फत सञ्चालन भएका योजनाका लागि स्वीकृत बजेटको वार्षिक विवरण उपलब्ध गराउन समेत निर्देशन दिएको हाे ।

काठमाण्डौ उपत्यका लगायतका स्थानमा रहेका जमिन तथा भौतिक संरचना उपभोग गर्न दिए वापत प्राप्त हुने रकम प्रचलित दररेटभन्दा न्यून रहेको, लिज वा भाडामा दिने प्रक्रिया अपारदर्शी रहेको, प्रतिस्पर्धाको अभाव रहेको, आन्तरिक कार्य सञ्चालनका लागि समेत गैर सरकारी संस्थाबाट अनुचित लाभ लिने गरेको जस्तो आरोप लाग्ने गरेकामा सो सम्बन्धमा सत्यतथ्य जानकारी गराउन पनि समितिले निर्देशन दिएको छ। 

परिषदले अहिलेसम्म विभिन्न गैरसकारी संस्थाहरूले परियोजना सञ्चालनका लागि स्वीकृत भएको रकमको विवरण उपलब्ध गराउन निर्देशन दिएको छ ।

परिषद स्थापनादेखि अहिलेसम्म सञ्चालन भएका योजना, गैर सरकारी संस्थामार्फत सञ्चालन भएका योजनाका लागि स्वीकृत बजेटको वार्षिक विवरण उपलब्ध गराउन निर्देशन समितिले निर्देशन दिएको छ। 

देशभरी ५० हजार संघ संस्थाहरू दर्ता भएकाेमा नेपालको सन्दर्भमा यतिको संख्या आवश्यक रहे, नरहेको विषयमा स्पष्ट धारणा सार्वजनकि गर्न समितिले परिषदलाइ निर्देशन दिएकाे छ ।

परिषदमा दर्ता भएका कतिपय संस्थाले नविकरण नगरेकाे,बार्षिक प्रतिवेदन तथा अडिट रिपाेर्ट समेत नबुझाएकाे पाइएपछि समितिले परिषदका स्थापनादेखिका फाइल मगाएकाे हाे ।

सम्बन्धित समाचार

भोलि देशैभर कांग्रेसको पालिका अधिवेशन हुने
भोलि देशैभर कांग्रेसको पालिका अधिवेशन हुने
  • २०७७ आश्विन १२, १७: १६

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण गर्ने क्रममा भोलि असोज ७ गते देशैभर एकसाथ पालिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
  • २०७७ आश्विन १२, १७: १६

काठमाडौं : संयुक्त राष्ट्रसंघको ८१औं महासभामा सहभागी हुन प्रधानमन्त्री वालेन्द्र शाह अमेरिका प्रस्थान गरेका छन् । उनी कतार एयरवेजमा दोहा...

भरत दाहाललाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश
भरत दाहाललाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश
  • २०७७ आश्विन १२, १७: १६

काठमाडौं : सर्वोच्च अदालतले भरतमणि दाहालको पक्राउबारे सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश कुमार रेग्मीको एकल...