
कालीकोट — कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। कालीकोटको शुभकालिका गाउँपालिका–१ स्थित गगने खोलामा बुधबार बिहान लेदोसहितको ठूलो पहिरो खसेपछि यातायात ठप्प भएको हो।
कालीकोटका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) हिमबहादुर खत्रीका अनुसार गगने खोलामा निरन्तर पहिरो झरिरहेकाले तत्कालै सडक खुलाउन सक्ने अवस्था छैन। “पहिरोका कारण बुधबार बिहानैदेखि सडक अवरुद्ध छ,” डीएसपी खत्रीले भने, “सुर्खेतबाट जुम्लातर्फ जाँदै गरेका सवारीसाधनहरू खिड्की ज्युला र दैखोलामा रोकिएका छन् भने माथिबाट सुर्खेतका लागि हिँडेका गाडीहरू कालीकोटको मान्म, हुल्म र खुलालु बजारमा अलपत्र परेका छन्।”
सडक डिभिजन कार्यालय जुम्लाका अनुसार पहिरो पन्छाउनका लागि जेसिबी (JCB) मेसिन घटनास्थलमै तयारी अवस्थामा राखिएको भए पनि माथिबाट निरन्तर ढुङ्गा र लेदो खसिरहेकाले काम सुरु गर्न सकिएको छैन। पहिरो रोकिने बित्तिकै पन्छाएर सडक सञ्चालन गर्ने प्रयास भइरहेको अधिकारीहरूले जनाएका छन्। राजमार्ग बन्द हुँदा सयौँ यात्रुहरू बाटोमै अलपत्र परेका छन्।
काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले) सँग राष्ट्रिय मुद्दाहरूमा सहकार्य हुनसक्ने भएपनि तत्काल...
चितवन : कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट २०२६ कार्यक्रम आयोजना हुने भएको छ । गैरआवासीय...
कास्की : पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागुऔषको कारोबार हुने गरेको फेला परेको छ । औषधि बिक्री गर्ने पसलबाटै ठूलो...