चीनले अतिक्रमण गरेको नेपाली भूमि चीनकै हो भन्ने सरकारको अभिव्यक्ति आपत्तिजनक – उपसभापति निधी – Naya Bikalpa
September 21, 2026, Monday      Epaper

चीनले अतिक्रमण गरेको नेपाली भूमि चीनकै हो भन्ने सरकारको अभिव्यक्ति आपत्तिजनक – उपसभापति निधी

नयाँ विकल्प,
काठमाडौं – नेपाली कांग्रेसमा उपसभापति विमलेन्द्र निधिले हुम्लामा चीनले नेपालको भूमि अतिक्रमण गरेको घटनाको छानवीन नगरी सो भूमि चीनकै हो भनी नेपाल सरकारले अभिव्यक्ति दिएको प्रति गम्भीर आपत्ति जनाएका छन् ।

हुम्लाका निर्वाचित जनप्रतिनिधिको सर्वदलीय संयन्त्रले अतिक्रमित सो भूमि नेपालकै हो भनेर दावी गरिरहेको बेला सरकारका तर्फबाट सो भूमि चीनकै हाचे भनी अभिव्यक्ति दिनु आपत्तिजनक भएको उपसभापति निधिले बताए ।

शहीद स्मृति प्रतिष्ठानले मंगलबार आयोजना गरेको शहीदको बलिदान र वर्तमान राजनीतिक परिवेश बिषयक भर्चुअल बैठकमा निधीले सरकारका मन्त्री र सत्ताधारी दलका नेताबाट यस्ता अभिव्यक्तिका कारण बर्तमान राजनीतिक प्रणालीमाथि खतरा उत्पन्न भएको बताएका हुन् ।

उपसभापति निधीले चीनले हुम्लामा नेपालको भूमि अतिक्रमण गरी भौतिक संरचना निर्माण गरेको भनेर जनप्रतिनिधिले जनाएको अवस्थामा त्यसको छानविन नै नगरी सरकारको अभिव्यक्ति आउनु आपत्तिजनक भएको बताए ।

चीनले नेपाली भूमि अतिक्रमण गरेको बिषयमा बिबाद भइरहेका बेला चीनका लागि नेपाली राजदूतले महेन्द्रबहादुर पाण्डेले चिनियाँ शासनप्रणाली अनुकरणीय भन्दै दिएको अभिव्यक्तिप्रति पनि आपत्ति जनाए ।

उनले चिनियाँ शासन व्यबस्था अबलम्बन गर्नका लागि देशले राजदूत नपठाएको स्पस्ट पार्दै सरकारसँग प्रश्न गरे ‘जननिर्वाचित संविधान सभाद्धारा जारी संघीय लोकतान्त्रिक प्रणाली हटाएर चिनियाँ शासन प्रणाली अनुकरण गर्नका लागि नेपाल सरकारले चीनका लागि राजदूत पठाएको हो र ?’
कार्यक्रममा प्रथम राष्टपति डा. रामवरण यादवले शहीदको बलिदानबाट प्राप्त परिबर्तनलाई निष्कर्षमा पुर्याउने जिम्मा नेपाली कांग्रेसको भएको स्मरण गराउँदै लोकतान्त्रिक शक्तिहरुलाई एक ठाउँमा ल्याएर कांग्रेस बलियो नभएसम्म लोकतन्त्रको भबिश्यमाथि खतरा आइरहने बताए ।

राजनीतिक चिन्तक प्रदीप गिरी, पूर्बसभामुख दमननाथ ढुंगाना, नेता राजेन्द्र खरेल, दुर्गा सुवेदी लगायतले शहीदको सपना पूरा गर्नका लागि लोकतान्त्रिक शक्तिहरु एक ठाउँमा उभिनुपर्नेमा जोड दिए ।

सम्बन्धित समाचार

कांग्रेसको १५औं महाधिवेशन : ६३ जिल्लामा सकियो वडा अधिवेशन
कांग्रेसको १५औं महाधिवेशन : ६३ जिल्लामा सकियो वडा अधिवेशन
  • २०७७ आश्विन १३, २२: ५१

काठमाडौं : नेपाली कांग्रेसको १५औं केन्द्रीय महाधिवेशनअन्तर्गत देशका ६३ जिल्लामा वडा अधिवेशन सम्पन्न भएको छ । केन्द्रीय निर्वाचन समितिका सदस्य...

रामेछापका डीएसपी जैसवार र इन्स्पेक्टर राउत उत्कृष्ट प्रहरी घोषित
रामेछापका डीएसपी जैसवार र इन्स्पेक्टर राउत उत्कृष्ट प्रहरी घोषित
  • २०७७ आश्विन १३, २२: ५१

काठमाडौं : जिल्लामा भएका विभिन्न आपराधिक घटनाको अनुसन्धान तथा अपराध नियन्त्रणमा प्रभावकारी भूमिका खेलेको भन्दै रामेछापका दुई प्रहरी अधिकृत उत्कृष्ट...

भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन
भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन
  • २०७७ आश्विन १३, २२: ५१

काठमाडौं : प्रतिनिधिसभाले १५ सदस्यीय हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन गरेको छ...