
नयाँ विकल्प
काठमाडाैं – नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्यूराे सिआइवीले बैदेशीक राेजगारीमा लागी मलेसिया पुगेका नेपाली युवालाइ अपहरण गरि रकम असुलेकाे आराेपमा डेभिड भन्ने दुर्गा बहादुर श्रेष्ठलाइ पक्राउ गरेकाे छ ।
सिआइवीले श्रेष्ठलाइ महाराजगंज कान्ति अस्पताल नजिकैबाट पक्राउ गरेकाे हाे । मोरङ सुन्दरपुर -५ का श्रेष्ठ मलेसिया स्थित टप ग्लाेभ कम्पनीमा नेपाल कर्नर क्यान्टिन सञ्चालन गर्दै आएका थिए । ४४ बर्षका को डेभिड भन्ने दुर्गा बहादुर श्रेष्ठ, श्रीमती धनमाया श्रेष्ठ उनकाे ड्राईभर श्याम नेपालीले मलेसियामा नै काम गर्ने जिल्ला दाङ वडा नं १५ पहरुवा बस्ने मध्म रैदासलाई अपहरण गरी ७ (सात दिनसम्म) बन्धक बनाएका थिए ।
रैदासलाइ बन्धक बनाएका उनिहरूले नेपालमा रहेकी उनकी श्रीमतीलाई १५, लाख ९२ हजार फिराैती मागेका थिए । समयमै फिराैती नदिए श्रीमानको ज्यान मारिदिने समेतका धम्की दिएका थिए ।
रैदास श्रीमतीले फिरौती बापतको रकम श्रेष्ठकाे खातामा पटक पटक गरी जम्मा गरेपछि मात्र उनी अपहरण मुक्त भएका थिए । निजको राहदानी आफ्नो कब्जामा लिई पिडितलाई नेपाल आउन समेत नदिएपछि रैदास श्रीमतीले प्रहरीमा उजुरी दिएकी थिएन् ।
प्रहरीले साे प्रकरणमा मुख्य याेजनाकार डेभिड भन्ने दुर्गा बहादुर श्रेष्ठ हाल नेपाल आएको भन्ने गोप्य सूचनाका आधारमा निजको खोजतलास गर्ने क्रममा निजलाई काठमाण्डौं महाराजगंज स्थित कान्तीवाल अस्पताल नजिकैबाट पक्राउ गरेकाे हाे ।
सिअाइवीकाे टाेलीले श्रेष्ठलाइ बा.१४ च. २११२ नम्बरकाे को भक्सवागन कम्पनिको टाेरेज कार बाट वाँसवारीबाट पानीपोखरी तर्फ गइरहेको अबस्थामा पक्राउ गरेकाे जनाएकाे छ । आवश्यक
डेभिड भन्ने दुर्गा बहादुर श्रेष्ठले मलेसियामा काम गर्न गएका गरिब सोझा नेपाली कामदारहरुलाई धम्काई रकम असुल गर्ने तथा कुटपिट गरी गुण्डागर्दी गर्ने समेतको कुराहरु बुझिन आएको र अन्य व्यक्तिहरुलाई समेत निज पिडित मध्म रैदासलाई गरे जस्तै अपराध गरेको हुनसक्ने देखिएकोले सो समेत अनुसन्धान भईरहेको प्रहरीले जनाएकाे छ ।
काठमाडौं : नेपाली कांग्रेसको १५औं केन्द्रीय महाधिवेशनअन्तर्गत देशका ६३ जिल्लामा वडा अधिवेशन सम्पन्न भएको छ । केन्द्रीय निर्वाचन समितिका सदस्य...
काठमाडौं : जिल्लामा भएका विभिन्न आपराधिक घटनाको अनुसन्धान तथा अपराध नियन्त्रणमा प्रभावकारी भूमिका खेलेको भन्दै रामेछापका दुई प्रहरी अधिकृत उत्कृष्ट...
काठमाडौं : प्रतिनिधिसभाले १५ सदस्यीय हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन गरेको छ...