वामदेव विरुद्धको रिट हेर्दा हेर्दैमा, अर्को वहस शुक्रबार हुने – Naya Bikalpa
September 22, 2026, Tuesday      Epaper

वामदेव विरुद्धको रिट हेर्दा हेर्दैमा, अर्को वहस शुक्रबार हुने

नयाँ विकल्प ,

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतमविरुद्धको रिटमाथि बुधबार शुरु वहस निवदेकको तर्फबाट सकिएपनि गौतमतर्फका कानून ब्यबसायीहरुको वहस शुक्रबार मात्र हुने भएको छ।

शुक्रबार निवेदकको तर्फबाट दिनेश त्रिपाठी, बद्रीबहादुर कार्की र हरिकृष्ण उप्रेतीले बहस गरेका थिए। गौतम पक्षका कानून ब्यबसायीका लागि दुई घण्टाको समय छुट्टाइएको छ।

उक्त रिट प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको सबैधानिक ईजलासमा सुनुवाइ भइरहेकाे छ ।

गत प्रतिनिधिसभा सदस्य निर्वाचन हारेकाले गौतम सांसद र मन्त्री बन्न योग्य नरहेको दाबीसहित रिट दायर भएको थियो। वरिष्ठ वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, राष्ट्रिय सभा, नेकपा केन्द्रीय कार्यालय र गौतमलाई विपक्षी बनाएर ४ असोजमा रिट दायर गरेका थिए ।

राष्ट्रपतिद्वारा राष्ट्रिय सभा सदस्यमा मनोनित गौतमले पद तथा गोपनियताको सपथ लिइसकेका छन् । उनलाई मन्त्री बनाउने र नबनाउने बिषयमा बिवाद छ।

सम्बन्धित समाचार

भोलि देशैभर कांग्रेसको पालिका अधिवेशन हुने
भोलि देशैभर कांग्रेसको पालिका अधिवेशन हुने
  • २०७७ आश्विन १४, १८: ०९

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण गर्ने क्रममा भोलि असोज ७ गते देशैभर एकसाथ पालिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
  • २०७७ आश्विन १४, १८: ०९

काठमाडौं : संयुक्त राष्ट्रसंघको ८१औं महासभामा सहभागी हुन प्रधानमन्त्री वालेन्द्र शाह अमेरिका प्रस्थान गरेका छन् । उनी कतार एयरवेजमा दोहा...

भरत दाहाललाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश
भरत दाहाललाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश
  • २०७७ आश्विन १४, १८: ०९

काठमाडौं : सर्वोच्च अदालतले भरतमणि दाहालको पक्राउबारे सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश कुमार रेग्मीको एकल...