काठमाडाै-तराई सुरुङ मार्ग निर्माणकालागि २७ कम्पनीकाे आवेदन – Naya Bikalpa
September 4, 2026, Friday      Epaper

काठमाडाै-तराई सुरुङ मार्ग निर्माणकालागि २७ कम्पनीकाे आवेदन

नयाँ विकल्प ,
काठमाडाैं – नेपाली सेनाले निर्माणकाे जिम्मा लिएकाे काठमाडौं तराई मधेश द्रुतमार्ग (फास्ट ट्रयाक)को सुरुङ बनाउन २७ कम्पनी इच्छुक भएका छन्।

सुरूङमार्ग निर्माणकालागि नेपालमा दक्ष जनशक्ति नभएपछि नेपाली सेनाले अन्तराष्ट्रिय टेन्डर आव्हान गरेकाे थियाे । छोक्रेडाँडादेखि धाेद्रे खोलासम्मको सुरुङको लागि कुल २१ ओटा कम्पनीहरुले बोलपत्र आह्वान गरेका छन् भने धाेद्रे खोलादेखि लेनडाँडासम्मको सुरुङको लागि २२ ओटा कम्पनीले बोलपत्र दाखिला गरेका हुन्।

यीमध्ये दुवैतिर १६ कम्पनीले बोलपत्र दाखिला गरेका छन्। छोक्रेडाँडादेखि धेद्रे खोलासम्मको सुरुङमा मात्रै बोलपत्र दाखिला गर्ने ५ ओटा र धेद्रे खोलादेखि लेनडाँडासम्मको सुरुङमा मात्रै बोलपत्र दाखिला गर्ने ६ ओटा कम्पनी छन्।

अब मुल्याङ्कन समितिले बोलपत्रको मुल्याङ्कनको कार्य सम्पन्न गरी योग्य ठहरिएका कम्पनीलाई सूचिकृत गर्ने सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलले बताए। छोक्रेडाँडादेखि धेद्रे खोलासम्म ३ किलाेमिटर लामो सुरुङ हुनेछ भने धेद्रे खोलादेखि लेनडाँडासम्म दुई ठाउँमा गरी ३.१ किलाेमिटरकाे सुरुङ हुनेछ।

नेपाली सेनाले सुरूङमार्ग बाहेक सडक निर्माणकाे अन्य काम अगाडि बढाइरहेककाे छ । काठमाडाैंलाइ तराइसंग जाेडने उक्त फास्ट ट्रयाक आगामी सन २०८१ भित्र सम्पन्न गर्ने नेपाली सेनाले जनाएकाे छ ।

सम्बन्धित समाचार

चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने
चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने
  • २०७७ आश्विन १४, २०: ४७

काठमाडौं : चीनले नेपालसँग आपत्कालीन जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने जनाएको छ । उद्धार तथा विपद् राहत प्रयासका लागि...

कोरलाबाट भित्रिएका सामान चोभारमै जाँचपास गर्न सकिने
कोरलाबाट भित्रिएका सामान चोभारमै जाँचपास गर्न सकिने
  • २०७७ आश्विन १४, २०: ४७

काठमाडौँ : चीनसँगको कोरला नाकाबाट भित्रिएका वस्तुको भन्सार जाँचपास अब काठमाडौँस्थित चोभार सुक्खा बन्दरगाह भन्सार कार्यालयबाट गर्न सकिने भएको छ...

भोटेकोशीका बाढीपीडितको पुनर्स्थापना यथाशीघ्र गरिने, सुरक्षित जग्गा पहिचान गर्न समिति गठन
भोटेकोशीका बाढीपीडितको पुनर्स्थापना यथाशीघ्र गरिने, सुरक्षित जग्गा पहिचान गर्न समिति गठन
  • २०७७ आश्विन १४, २०: ४७

काठमाडौं : भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रसुवा–भोटेकोशी क्षेत्रमा गएको बाढीबाट प्रभावित तथा विस्थापित परिवारको सुरक्षित...