

नयाँ विकल्प,
काठमाडौं – नेपाल आयल निगमले नेपालका २ ठाउँमा सात करोड ५० लाख ६५ हजार ६ सय रुपैयाँ लगानी गरी एलपीजी ग्यास भण्डारण तथा बोटलिङ प्लान्टस निर्माण गर्ने भएको छ ।
निगमले यसअघि नै प्रदेश नम्वर १ को झापास्थित चारआली र प्रदेश नम्वर २ को धनुषास्थित महेन्द्रनगरमा प्लान्टस निर्माण गर्ने गरी जग्गा खरिद गरिसकेको थियो ।
चारआली र महेन्द्रनगरमा निर्माण गर्ने बोटलिङ प्लान्टस निर्माणको कन्सलटेन्टमा तीन वटा कम्पनीलाई छनोट समेत गरेको छ । एउटा प्लान्टस निर्माणको लागि भ्याटबाहेक ३ करोड ७५ लाख ३२ हजार आठ सय रुपैयाँमामा कन्सलटेण्ट छनोट गरिएको हो ।
दुवै स्थानको प्लान्टस निर्माणको कन्सलटेण्टमा कुपण्डोल ललितपुरको क्रिएटिभ डिजाइन आर्किटेक प्रालि (सेडा), भारत पश्चिम मुम्बइको कुर्लास्थित इक्विनक्स बिजनेस पार्क ठेगाना भएको डिएनभी–जीएल विजनेस एस्युरेन्स इण्डिया प्रालि र भारतकै पुणेँ मुल्सेस्थित म्हालुङ्ग ठेगाना भएको प्रोजेक्ट डिजाइन इन्जिनियरिङ एण्ड कन्सलटेन्सी छनोट भएका हुन् ।
कास्की : रसुवाको भोटेकोसी नदीमा आएको बाढीमा बेपत्ताहरूको खोजी तथा शव पहिचानका लागि जिल्ला प्रहरी कार्यालय कास्कीबाट आफन्तको डीएनए नमुना...
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको...
गोरखा : गोरखाको हिमाली भेगस्थित चुमनुब्री गाउँपालिका– ४ र २ भएर बग्ने थेराङखोलाको बाढीले ४ घर र १ पुल बगाएको...