नेपालगञ्ज मेडिकल कलेजमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु – Naya Bikalpa
September 6, 2026, Sunday      Epaper

नेपालगञ्ज मेडिकल कलेजमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु

नयाँ विकल्प

बाँके- नेपालगञ्ज मेडिकल कलेज, शिक्षण अस्पताल कोहलपुरमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार नेपालगञ्ज उपमहानगरपालिका-४ का ५२ वर्षीय पुरुष र सुर्खेत घर भएकी ७५ वर्षीया महिलाको बिहीबार बिहान उपचारको क्रममा मृत्यु भएको हो ।

नेपालगञ्जका ५२ वर्षीय पुरुषको बिहान ५ः२० बजे र सुर्खेतकी ७५ वर्षीया महिलाको बुधबार राति १ बजे मृत्यु भएको श्रेष्ठले बताए । मृतक पुरुषमा गत असोज १० गते कोरोना पुष्टि भएकोमा १२ गते उनी मेडिकल कलेजमा भर्ना भएका थिए । उनमा निमोनियाको समस्या देखिएको थियो ।

सम्बन्धित समाचार

कास्कीमा डीनएन नमुना संकलन प्रहरी कार्यालयबाट
कास्कीमा डीनएन नमुना संकलन प्रहरी कार्यालयबाट
  • २०७७ आश्विन १५, १४: ५६

कास्की : रसुवाको भोटेकोसी नदीमा आएको बाढीमा बेपत्ताहरूको खोजी तथा शव पहिचानका लागि जिल्ला प्रहरी कार्यालय कास्कीबाट आफन्तको डीएनए नमुना...

गोरखामा बाढीले ४ घर र पुल बगायो
गोरखामा बाढीले ४ घर र पुल बगायो
  • २०७७ आश्विन १५, १४: ५६

गोरखा : गोरखाको हिमाली भेगस्थित चुमनुब्री गाउँपालिका– ४ र २ भएर बग्ने थेराङखोलाको बाढीले ४ घर र १ पुल बगाएको...

बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भनेपछि…
बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भनेपछि…
  • २०७७ आश्विन १५, १४: ५६

काठमाडौं : एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारका अधिकांश घर पुर्‍यो । कतिपय बाढीमा...