
झापा, – जिल्ला प्रहरी कार्यालय झापाद्वारा सोही कार्यालयमा आयोजित मानवअधिकार तथा बल प्रयोग सम्बन्धि १ दिने अनुशिक्षण कार्यक्रम बुधबार सम्पन्न भएको छ ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक कृष्णप्रसाद कोईरालाले कार्यक्रम उद्घाटन गर्दै प्रहरी कर्मचारीहरुले कानुन कार्यान्वयनको क्रममा बल प्रयोग गर्नुपर्ने अवस्थामा अपनाउनु पर्ने कानुनी मापदण्डलाई अक्षरस पालना गरी मानवअधिकारको संरक्षण गर्दै जानु बताए ।
कार्यक्रममा प्रशिक्षक साकार राज पन्तले मानवअधिकार तथा बल प्रयोग सम्बन्धी कानुनी प्रावधान र प्रहरीले हुल हुज्जत वा भिँडमा खटिँदा अपनाउनु पर्ने कार्यहरुको बारेमा प्रशिक्षण दिइएकाे थियो । कार्यक्रममा उक्त कार्यालयमा कार्यरत ३० जना प्रहरी कर्मचारीहरुको सहाभागिता रहेको थियो ।
काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बिहीबार दिउँसो २ बजे...
काठमाडौं : कृष्णभीरमा भदौ १४ गते सडक भासिएपछि खोलिएको नयाँ ट्र्याक सञ्चालनमा आएको छ। भासिएको पुरानो सडकको केही माथिबाट खोलिएको...
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा आज तीनदिने भारत भ्रमणमा जाँदैछन्। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उनको भारत...