
नयाँ विकल्प
सुनसरी- भारतमा माता बनाउने र मनग्गे पैसा कमाउने लाेभ देखाएर नेपाली महिलालाइ भारतमा लगी बेचबिखन गर्ने घटना बढन थालेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीले ललाई फकाई प्रलोभनमा पारी २ जना महिलालाई भारततर्फ लैजाँदै गरेको अवस्थामा २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा सप्तरीकाे कृष्ण सवरण गाउँपालिका-४ बनौली बस्ने २९ वर्षीय महम्मद साहिल मन्सुरी र सिरहा लहान नगरपालिका-१९ कटाह वस्ने २९ वर्षीय जिवछकुमार साह रहेका छन् ।
स्थानीय प्रहरीले सशस्त्र प्रहरी बल समेतको सहयोगमा सुनसरी कोशी गाँउपालिका-८ पूर्वी टोला नाका र भारतको सुपोल जिल्ला भिमनगर -१२ वोर्डर इलाकाबाट ती महिलालाई भारततर्फ लैजाँदै गरेको अवस्थामा फेला पारेपछि पक्राउ गरेको हो ।
उनीहरुले भारत सुपौल भिमनगरस्थित बाबाको मन्दिरमा पूजामा बस्नु पर्ने, पूजामा बसे वापत पारिश्रमिक पाउने, कुनै दु:ख विमार भए सो समेत सञ्चो हुने र पूजा समाप्त हुनासाथ घर फिर्ता गरीदिने भनि प्रलोभनमा पारी ललाई फकाई लिएर गएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय सुनसरी जनाएको छ ।
काठमाडौं : नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनमा स्वदेश तथा विदेशमा रहेका सबै क्रियाशील सदस्य, समर्थक र शुभेच्छुकलाई उत्साहपूर्वक सहभागी हुन...
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले स्वतन्त्र प्रेस समस्यामा पर्दा त्यसको प्रत्यक्ष असर लोकतान्त्रिक व्यवस्थामाथि पर्ने भएका कारण त्यसको...
काठमाडौं : पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा एकतर्फी यातायात सुचारु भएको छ । सडकको अवस्था परीक्षण गर्न ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालनमा...