
नयाँ विकल्प
काठमाडाैं- जिल्ला प्रहरी कार्यालय मकवानपुरले भारततर्फ लैजान गरेकाे २ सय २९ केजी गाँजा बरामद गरेकाे छ ।
अस्थायी प्रहरी पोष्ट नामटारबाट मोटरसाइकल गस्तीमा खटिएको प्रहरी टोलीले जिल्ला मकवानपुर भिमफेदी- ९ ढुङ्गेन नजिकै भित्री बाटोको छेउ खोल्सीमा लुकाई छिपाई राखेको ९ वटा बोराहरू बेबारिसे अवस्थामा फेलापारेको जनाएकाे छ।
प्रहरीले फेला पारेकाे बोराहरू खोली हेर्दा बोराहरू भित्र १८ वटा बण्डल बनाई प्लाष्टिकमा प्याकिङ् गरी राखेको गाँजा २२९ केजी बरामद गरेकाे जनाएकाे छ ।
प्रहरीले यस सम्बन्धमा विस्तृत अनुसन्धान भैरहेकाे जनाएकाे छ


काठमाडौं : नेपाल एसिसी प्रिमियर लिग २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । समूह ‘ए’ मा लगातार तेस्रो जित निकाल्दै...
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता भएको छ । भेटका क्रममा दुई नेताबीच कांग्रेसभित्र देखिएको...
काठमाडौं : विनाशकारी बाढीपछि हैजाको जोखिम बढेपछि रसुवामा हैजाविरुद्धको २१ हजार डोज खोप पठाइएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को...