
नयाँ विकल्प
काठमाडाैं- प्रदेश २ सरकारले आफ्नै मातहतमा रहने गरि अनुसन्धान ब्युरो ( प्रहरीकाे गुप्तचरी निकाय ) गठन गर्ने भएको छ। प्रदेश सरकारले ब्युरो स्थापना गर्न प्रदेशसभामा विधेयक पेश गरेको छ।
प्रदेश नम्बर -२ सरकारले प्रदेश प्रहरी परिचालनको संवन्धी अधिकार भने पाइसकेकाे छैन । केन्द्र सरकाले एक हप्तामा प्रहरी सञ्चालन सम्बन्धी अधिकार नपाए सर्वाेच्च अदातल जाने भन्दै प्रदेश २ का आन्तरिक मामिला मन्त्री ज्ञानेन्द्र यादव र संघीय सरकारका गृहमन्त्री रामबहादुर थापा बादललाइ पत्र दिइसकाे छन् ।
प्रदेशभित्र शान्ति सुरक्षा तथा सुव्यवस्था कायम राख्नकालागि आवश्यक सूचना संकलन गर्ने उद्देश्यले अनुसन्धान ब्युरो स्थापना गर्न लागिएकाे हाे । आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले प्रदेशसभामा पेश गरेको विधेयकमा प्रदेशभित्र शान्ति सुरक्षा तथा सुव्यवस्था कायम राखी प्रदेशको हित तथा विकास, औद्योगिकरण, व्यापार व्यवसाय प्रवर्द्धन गर्न ब्युरोले सूचना संकलन गरी प्रशोधन गर्ने उल्लेख छ ।
नेपालको सार्वभौमसत्ता तथा राष्ट्रिय सुरक्षा सुरक्षामा प्रतिकूल पार्नसक्ने प्रकृतिका सूचना वा जानकारीप्राप्त भएमा ब्युरोले संघीय सरकारलाई समेत जानकारी गराउने गरि गुप्तचरी निकाय गठन गर्न सक्ने ब्यावस्था गरिएकाे छ ।
प्रदेश २ सरकारले प्रदेशभित्र शान्ति सुरक्षा कायम गर्न र अपराधिक गतिविधि नियन्त्रण गर्न ब्युरोले सहयाेग गर्ने जनाएकाे छ ।
प्रदेश २ सरकारले प्रदेश प्रहरी खटनपटन आफूमार्फत गर्ने अधिकार दिन संघीय सरकारलाई एक साताको अल्टिमेटम दिएको छ ।नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको संचालन, सुपरिवेक्षण र समन्वय सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन–२०७६ बनेको आठ महिना बित्दा पनि संघीय सरकारले कार्यान्वयनमा चासो नदिएको प्रदेश सरकारको गुनासो छ ।
काठमाडौं : नेपाली कांग्रेसको १५औं केन्द्रीय महाधिवेशन अन्तर्गत देशभर सञ्चालन भइरहेको वडा अधिवेशन प्रक्रिया उत्साहजनक रूपमा अघि बढेको छ ।...
काठमाडौं : संयुक्त राष्ट्रसंघको ८१औं महासभामा नेपालको प्रतिनिधित्व गर्न परराष्ट्र मन्त्री शिशिर खनाल अमेरिकाको न्युयोर्क प्रस्थान गरेका छन् । खनाल...
काठमाडौं : नेकपा एमालेभित्र पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण र पुनर्गठनका लागि गठित कार्यदलको एकीकृत प्रतिवेदन ल्याउन नेताहरूबीच सहमतिको प्रयास जारी...