प्रदेश ५ को नाम लुम्विनी राख्ने र राजधानी भालुवाङ तोक्ने प्रस्तावप्रति कांग्रेसको मौनता, सडकमा विरोध – Naya Bikalpa
September 4, 2026, Friday      Epaper

प्रदेश ५ को नाम लुम्विनी राख्ने र राजधानी भालुवाङ तोक्ने प्रस्तावप्रति कांग्रेसको मौनता, सडकमा विरोध


नयाँ विकल्प,
बुटवल – सत्तारुढ नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालको निर्देशनमा प्रदेश ५ को नाम लुम्विनी राख्ने र प्रदेशको स्थायी राजधानी दाङको भालुवाङ राख्ने प्रदेश सरकारको निर्णयप्रति कांग्रेसको दृष्टिकोण अस्पस्ट भएको छ ।

प्रदेश ५ को मन्त्रीपरिषद्को बैठको निर्णयबमोजिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री कुलबहादुर केसीले प्रदेश सभासमक्ष पेश गरेको प्रदेशको नामाकरण र प्रदेशको स्थायी राजधानी तोक्ने प्रस्तावप्रति प्रमुख प्रतिपक्षी दल कांग्रेस मौन बसेको छ ।

प्रदेश राजधानी तोक्ने र नामाकरण गर्ने प्रस्ताव प्रदेश सभामा पेश हुँदा प्रमुख प्रतिपक्षी दल कांग्रेसका सांसद मौन बसेका थिए । तर, कांग्रेसको बुटबल उपमहानगर कार्यसमिति र रुपन्देशी २ नम्वर क्षेत्रिय कार्यसमितिले भने विरोधमा उत्रन आव्हान गरेको छ ।

बुटबल उपमहानगर समिति सभापति खेलराज पाण्डे र रुपन्देही २ नम्वर क्षेत्रिय सभापति हरि लम्सालले शुक्रबार विज्ञप्ती जारी गर्दै दुई तिहाई बहुमतबाट उत्तेजित सत्तारुढ कम्युनिष्ट पार्टीले राजधानी बुटबलबाट सार्ने भनी गरेको निर्णयको विरोध गर्न आव्हान गरेका छन् ।

प्रदेश ५ को प्रदेश सभामा नेपाली कांग्रेसका १९ सांसद छन् भने सत्तारुढ नेकपासँग ६२ सांसद रहेका छन् । यस्तै जनता समाजवादीका ४ र राष्ट्रिय जनमोर्चाका एक जना सांसद छन् ।

कांग्रेसको प्रदेश ५ संसदीय दलका नेता सुरेन्द्र हमालले सभासद्हरुलाई स्थायी राजधानी बुटबलबाट सारेर दाङ तोक्ने प्रस्तावको विरोध गर्न कुनै निर्देशन नदिएका कारण कांग्रेसका सांसद मौन बसेका थिए ।

संसदीय दलका नेता खनाल बाँके जिल्लाका हुन् । राजधानी सार्ने निर्णयको बिरोधमा नेपाल विद्यार्थी संघका कार्यकर्ताले शुक्रबार बुटबल तीन वटा सवारी साधनमा क्षति पुर्याउनुका साथै सडकमा आगो बालेर अबरोध गरेका थिए ।

नेकपाका महासचिव विष्णु पौडेलको समेत निर्वाचन क्षेत्र रहेको रुपन्देही क्षेत्र नं २ र बुटवल उपमहानगर क्षेत्रबाट प्रदेशको स्थायी राजधानी दाङ तोक्ने अध्यक्षद्वयको निर्देशन र मुख्य मन्त्री शंकर पोखरेलको शक्ति प्रदर्शनपछि नेकपामा समेत बिबाद बढेको छ ।

तत्कालिन नेकपा एमालेको उपमहासचिव पदमा उम्मेदवार भएर विजयी भएका पौडेल हाल उपमहासचिव छन् भने पोखरेल उपमहासचिवमा पराजित भएपछि हाल प्रदेश ५ को मुख्य मन्त्री बनाइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वास पात्र पोखरेललाई राष्ट्रपति विद्यादेवी भण्डारीको समेत सहयोग, समर्थन र साथ रहेको नेकपा भित्र चर्चा छ । प्रदेश ५ को राजधानी बुटबल राख्ने कि दाङ राख्ने भन्ने विषयलाई लिएर २०७४ सालमा समेत बुटबल क्षेत्रमा आन्दोलन भएका थिए ।

सम्बन्धित समाचार

चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने
चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने
  • २०७७ आश्विन १६, १९: ०६

काठमाडौं : चीनले नेपालसँग आपत्कालीन जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने जनाएको छ । उद्धार तथा विपद् राहत प्रयासका लागि...

कोरलाबाट भित्रिएका सामान चोभारमै जाँचपास गर्न सकिने
कोरलाबाट भित्रिएका सामान चोभारमै जाँचपास गर्न सकिने
  • २०७७ आश्विन १६, १९: ०६

काठमाडौँ : चीनसँगको कोरला नाकाबाट भित्रिएका वस्तुको भन्सार जाँचपास अब काठमाडौँस्थित चोभार सुक्खा बन्दरगाह भन्सार कार्यालयबाट गर्न सकिने भएको छ...

भोटेकोशीका बाढीपीडितको पुनर्स्थापना यथाशीघ्र गरिने, सुरक्षित जग्गा पहिचान गर्न समिति गठन
भोटेकोशीका बाढीपीडितको पुनर्स्थापना यथाशीघ्र गरिने, सुरक्षित जग्गा पहिचान गर्न समिति गठन
  • २०७७ आश्विन १६, १९: ०६

काठमाडौं : भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रसुवा–भोटेकोशी क्षेत्रमा गएको बाढीबाट प्रभावित तथा विस्थापित परिवारको सुरक्षित...