आमसंचार माध्यम सबैभन्दा बढी राज्यबाट प्रताडित बनेको छ – कांग्रेस प्रवक्ता – Naya Bikalpa
September 21, 2026, Monday      Epaper
कोभिड १९ को बहानामा ठूला मिडिया हाउसबाट निष्कासित पत्रकारको रिले अनसन

आमसंचार माध्यम सबैभन्दा बढी राज्यबाट प्रताडित बनेको छ – कांग्रेस प्रवक्ता



नयाँ विकल्प,
काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता तथा सूचना संचार तथा प्रचार विभागका प्रमुख विश्वप्रकाश शर्माले कोभिड १९ को बहानामा आमसंचार माध्यम यतिवेला सबैभन्दा बढी राज्यबाट प्रताडित भएको बताएका छन् ।

वितग चार दिनदेखि राजधानीको नयाँ बानेश्वरस्थित संसद भवन नजिक रिले अनसनमा बसेका विभिन्न आमसंचार माध्यमबाट निकालिएका संचारकर्मीको समर्थन र ऐक्यवद्धता जनाउन अनसनस्थल पुगेको प्रवक्ता शर्माले राज्यले श्रमजीविको रोजगारीको ग्यारेण्टि गर्नु पर्ने बताए ।

‘प्रधानमन्त्री केपी शर्मा ओलीले भने झैं कोही भोको पर्दैन र कोही भोकै मर्दैन भन्ने भनाई पत्रकारहरुको यो अनसनले गलत सावित गरिदिएको छ’, शर्माले भने, ‘एकातिर डा. गोविन्द केसी र अर्कातिर श्रमजीवि पत्रकारको माग संवोधन गर्न सक्ने वा नसक्ने भनेर हाल प्रधानमन्त्रीको परिक्षा चलिरहेको छ ।’

प्रवक्ता शर्माले कलम चलाउन पत्रकारको हाल त अनसन बस्नु पर्ने अवस्थामा पुगेको बेला श्रमजीवि अन्य मजदुरको हालत कस्तो होला भन्ने विषयमा सरकार गम्भिर हुन नसकेको भन्दै श्रमजीविवको सुरक्षा गर्न सरकारसँग माग गरे ।

उनले समस्या मिडिया मालिक र पत्रकारको भन्दा पनि राज्यले श्रमजीविको जिम्मेवारी लिने विषय महत्वपूर्ण भएको बताए । विभिन्न सञ्चार गृहबाट निकालिएको पत्रकार र कर्मचारी संयुक्त संघर्ष समितिले पाँच दिनदेखि रिले अनसन गरिरहेका छन् ।

अनसनस्थल पुगेका प्रवक्ता शर्मा, उपप्रमुख डा. सुरेश आचार्य सदस्य सचिव दिनेश थापा सदस्यहरु गोपाल कुमार झा, प्राध्यापक मदन कट्टेल लगायतको उपस्थिति थियो ।

अनसनस्थलमा अन्नपूर्ण पोष्ट, कान्तिपुर, कारोबार, नागरिक, माउन्टेन टिभी, नयाँ पत्रिका, एभिन्यूज, न्यूज २४, नेपाल आज अनलाइन, राजधानी, उज्यालो एफएम र समाचार पत्र दैनिकबाट निकालिएका श्रमजीवि पत्रकार र कर्मचारीहरु अनसनमा छन् ।

अनसनमा बसेका संचारकर्मीहरुले सरकारले तोकेको पारिश्रमिक उपलब्ध गराउनु पर्ने, बाँकी रहेको बक्यौता भुक्तानी, अनावश्यक सरुवा र निष्काशन फिर्ता लिनुपर्ने, ६ महिना काम गरेकालाई स्थायी नियुक्ति दिनुपर्ने, श्रमजीवि पत्रकार ऐन कार्यान्वयन नगर्ने मिडिया हाउसलाई कारबाही गर्नुपर्ने माग राखेका छन् ।

रिले अनसनमा बसेका पत्रकारहरुले असोज २१ गते अन्नपूर्ण पोस्ट र कान्तिपुर टेलिभिजनमा एक घन्टा घेराउ गर्ने कार्यक्रम छ । २२ गते कान्तिपुर मिडिया गु्रप र कारोबार दैनिक, २३ गते नागरिक दैनिक, र २४ गते नेपाल आजमा एक घन्टा धर्ना दिने कार्यक्रम छ ।

पत्रकारहरुले २१ देखि २४ गतेसम्म दिनहुँ ती मिडिया हाउसमा एक घन्टा घेराउ गर्ने कार्यक्रमपछि २५ गते सूचना विभाग र न्यूनतम पारिश्रमिक निर्धारण समितिमा लालटिन बालेर प्रदर्शन गर्ने र २७ गते प्रधानमन्त्री निवास बालुवाटार घेराउ गर्ने कार्यक्रम छ ।

पत्रकारहरुले सञ्चारगृहको ज्यादती र शोषणको विषयमा राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्रीको कार्यालय, प्रतिनिधिसभा सभामुख, राष्ट्रिय सभा अध्यक्ष, सञ्चार र श्रम मन्त्रालयलगायतलाई ज्ञापन पत्रसहित ध्यानाकर्षण गराउने भएका छन् ।

सम्बन्धित समाचार

एन्फाका कोषाध्यक्ष जोशी र लेखा अधिकृत पाण्डे पक्राउ
एन्फाका कोषाध्यक्ष जोशी र लेखा अधिकृत पाण्डे पक्राउ
  • २०७७ आश्विन १८, १४: ३०

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का दुई कर्मचारी पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले एन्फाका...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०७७ आश्विन १८, १४: ३०

काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...

संघीय संसदका दुवै सदनको बैठक बस्दै
संघीय संसदका दुवै सदनको बैठक बस्दै
  • २०७७ आश्विन १८, १४: ३०

काठमाडौं : संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ। अपराह्न १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको...