
नयाँ विकल्प
काठमाडौं, – शनिबार प्रधानमन्त्रीका राजनीतिक सल्लहाकार विष्णु रिमाल, प्रेस सल्लहकार सूर्य थापा, परराष्ट्र सल्लहाकार डा राजन भट्टराई, प्रमुख स्वकीय सचिव ईन्द्र भण्डारी, संचार विज्ञ रामशरण बजगाईलाई कोरोन संक्रमण देखिए पछि राजनीति गतिविधिमा समेत कमी आउने देखिएको छ।
यो देखिएपछि प्रधानमन्त्री ओलीले शनिबार देखिनै भेटघाट बन्द गरेका छन् । प्रधानमन्त्रीको सचिवालयमा कोरोना देखिएपछि मन्त्रिपरिषद विस्तारमा समेत ढिलाई हुने भएको छ। मन्त्रिक्वटरमा बसेर दशै मनाउन सपना देखेका नेकपा संसाद समेत निराश भएका छन् ।
यसको एउटा कारण छ मन्त्रिपरिषद बिस्तारमा ढिलाई । नेकपाका उपाध्यक्ष बामदेव गौतमले त यो बर्ष आफ्नो ब्याडलक भएको महासुस गर्न थालेको उनी निकट स्रोतले बतायो। उनलाई बालुवाटारको कोरोनाले मात्र तनाव बनाएको होइन, सर्बोच्चमा कोरोना पसेपछि थप तनावमा परेको स्रोतले बतायो। गौतमको सांसद र मन्त्रीको योग्यता सम्बन्धि परेको रिट बिचाराधिन छ। सो रिटको आउने बुधबार सुनुवाई हुने कार्यक्रम थियो।
तर सर्बोच्चमा एक न्यायधीश र कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि बुधबार सम्म सर्बोच्च बिदा गरिएको छ। अब उनको सुनुवाई बुधबार पनि नहुने भएको छ। मन्त्री हुनका लागि राष्ट्रियसभाको सदस्य हुन मरिहत्ते गरेका गौतमको मन्त्री हुने सपना निकै पर धकेलिएको छ। सर्बोच्चले बाटो नखोली उनी मन्त्री बन्न पाउने छैनन् ।
मन्त्रिपरिषद विस्तार दशैँपछि मात्र
अहिले देश अर्थ र संञ्चारमन्त्री विहीन भएको पनि महिना पुग्नै लाग्यो । गत भदौ २० गते कार्यकाल सकिनु अघिनै अर्थ तथा संचारमन्त्री डा. युवराज खतिवडाले राजिनामा गरेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको विस्तारको योजना बनेको पनि महिना दिन वितिसक्दासमेत विस्तार हुन सकेन ।
उल्टै शनिबार प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल सल्लाहकारद्वय राजन भट्टराई र सुर्य थापा तथा प्रमुख स्वकिय सचिव इन्द्र भण्डारीलाई कोरोना देखिएपछि प्रधानमन्त्रीले सचिवालय बैठक स्थगित गरेका छन ।
ओलीको सचिवालयमा रहेका सल्लाहकार देखी ६७ जना सुरक्षाकर्मीलाई कोरोना देखिएपछि नेकपाको सचिवालय बैठक स्थगित भएको हो । नेकपाको बैठक रोकिएसंगै मन्त्रीपरिषद विस्तार पनि तत्कालको लागी अनिष्चित बनेको
काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको छ । बैठकको प्रारम्भमै देशका...
काठमाडौं : नेपाल एसिसी प्रिमियर लिग २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । समूह ‘ए’ मा लगातार तेस्रो जित निकाल्दै...
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता भएको छ । भेटका क्रममा दुई नेताबीच कांग्रेसभित्र देखिएको...