
नयाँ विकल्प
काठमाडौं– प्रदेश २ प्रहरीले किशोरी बलत्कारको आरोपमा सिराहा बिष्णुपुर–१ का २० बर्षिय मुकेश कुमार साहसहित बलत्कार घटना मिलापत्रको नाममा गुमनाम गर्ने गाँउ पञ्चायतका अगुवालाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले बलत्कार घटना लुकाउन मतियारको भुमिका खेल्ने अन्य ८ जनालाई समेत नियन्त्रणमा लिएर थप अनुसंधान सुरु गरेको जनाएको छ । प्रदेश २ प्रहरीका अनुसार साहले गत सोमबार साँझ ५ बजे स्थानीय १६ बर्षीय किशोरीलाई बतत्कार गरेका थिए । सो बलत्कार घटनामा ढाकछोप गरि अभियुक्तलाई उन्मुक्ती दिने उदेश्यले पञ्चायती बसेको थियो ।
पीडित परिवारलाई ५ लाख दिने प्रलोभन पारी घटना ढाकछोप गर्ने पञ्चायतका अन्य ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हाे । प्रहरीले पक्राउ गरेका गाउँपञ्चायतका अगुवाहरु बलत्कारका मुख्य अभियुक्त मुकेश कुमारका साहका आफन्त समेत रहेका छन।
प्रहरीले उक्त बलत्कारको घटना मिलापत्र गराएर गुमनाम गर्न मतियारको भूमिका खेल्ने सिराह विष्णुपुर–१ सिंहेश्वर साह, अरबिन्द कुमार साह, शत्रुधन साह, राजकुमार साह, राम उदागर यादव, श्यामसुन्दर यादवलाई नियन्त्रणमा लिएको छ । प्रहरीले बलत्कारको घटना मिलापत्र गरी ढाकछोप गर्ने प्रयास भइरहेको बारे गोप्य सूचनाको आधारमा उनीहरुलाई नियन्त्रणमा लिएको जनाएको छ ।
बलत्कार घटना लुकाउन बसेको पञ्चायतीले पीडित परिवारलाई ५ लाख दिने भन्दै कागजी तम्सुक गरेको थियो । बलत्कारका घटना जघन्य अपराध अन्तर्गत पर्ने भएकाले मिलापत्र गर्न मिल्दैन् , । यसरी गरिने मिलापत्र अर्को अपराध हो ।
प्रदेश २ प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सिराहको संयुक्त टोलिले शनिबार राति १० बजे बिष्णुपुरबाट उनीहरुलाई नियन्त्रमा लिएको जनाएको छ ।
बलत्कार घटनाका मुख्य अभियुक्त मुकेश कुमार साहलाई जबरजस्ती करणी अन्तर्ग तथा उक्त बलत्कारको घटना लुकाउन मतियारको भुकिमा खेलेका पञ्चायतका अन्य सदस्यलाई आवस्यक कारवाहिकोलागी थप अनुसन्धान भइरहेको प्रदेश २ प्रहरी कार्यालयले जनाएको छ ।
काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई...
काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा सहभागी हुन आज साँझ अमेरिका प्रस्थान गर्दैछन् । उनी उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व...
काठमाडौं : जापानमा जारी २०औं एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष कबड्डीको समूह चरणको खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको छ । प्रतियोगितामा नेपालको यो...