
नयाँ विकल्प,
बुटवल-प्रदेश ५ को स्थायी राजधानी सार्ने प्रस्तावको विरुद्धमा भैरहेकाे आन्दोलनले थप शसक्त हुने संकेत देखिएकाे छ । बुटबल आसपास क्षेत्र आन्दाेलनकारीले कब्जामा लिएका छन् । साे क्षेत्रमा आउजाउ गर्ने कतिपय शुरक्षाकर्मी तथा सरकारी कर्मचारी आन्दाेनमा सहभागीहरूकाे अनुमतिबाट मात्र आवत-जावत गर्न दिइएकाे छ ।
संयुक्त संघर्ष समितिले विराेधका कार्यक्रम अझ शसक्त पार्न आन्दोलन सहभागी हुन आउनेका गाडी खुलाउने निर्णय गरेका छन् । प्रदेश सरकारले प्रदेश ५ को स्थायी राजधानी दाङको देउखुरी क्षेत्रमा सार्ने प्रस्तावका विरुद्ध साबिक लुम्बिनी अञ्चल क्षेत्रमा आन्दोलन जारी छ।
सोमबार प्रदेश सभा घेराउको कार्यक्रम रहेकाले कार्यक्रममा सहभागी हुन आउनेका लागि यातायात खुला गरिएको समितिका संयोजक खिमबहादुर हमालले जानकारी दिए। संघर्ष समिति र कांग्रेसले प्रदेश सभा घेराउको कार्यक्रम आयोजना गरेका छन्। प्रदेश सभा घेराउ गरेर सांसदहरुलाई प्रदेश सभा भवन प्रवेशमा रोक्ने उनीहरुले जनाएका छन्। प्रदेश ५ को प्रदेश सभामा सरकारले पेश गरेको प्रस्तावमाथि साेमबार छलफल शुरु हुँदैछ।
आन्दोलनमा सहभागी हुन आउनेका लागि निजी सवारी साधन र आन्दोलनमा सहभागी हुन आउनेका लागि खुला गरिएपनि सार्वजनिक सवारी भने चल्न दिइएकाे छैन् । रूपन्देहि पश्चिम नवलपरासी तथा कपिलबस्तुकाे पुर्वी भेगका बजार र उद्योग कलकारखाना पनि पुर्ण रूपमा बन्द रहेकाछन्।
आन्दोलनमा सहभागी हुन आउनेहरु नै आउन नपाउने भएपछि यातायात क्षेत्र खुकुलो बनाइएको समितिका सदस्य दधि खरेलले बताए । आन्दोलनमा सहभागीहरूले प्रहरी र सरकारी कर्मचारीलाइ समेत चेकजाँचबाट मात्र आवत जावत गर्न दिएका छन
काठमाडौं : राष्ट्रपति रामचन्द्र पाैडेलसँग कार्यवाहक प्रधानमन्त्री एवं अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भेट गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा बुधबार...
काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माणका लागि आज देशभर पालिका तहको अधिवेशन हुँदैछ। यसैक्रममा काठमाडौंको...
काठमाडौं । चीनले नेपालको मौसमसम्बन्धी पूर्व–सूचना तथा विपद् प्रतिकार्य क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कृत्रिम बुद्धिमत्ता (एआई)मा आधारित मौसम पूर्व–सूचना प्रणाली...