कोभिडको बहाना गरेर सरकार अधिनायकबादतर्फ अघि बढ्दै – हुमागाईं – Naya Bikalpa
September 6, 2026, Sunday      Epaper

कोभिडको बहाना गरेर सरकार अधिनायकबादतर्फ अघि बढ्दै – हुमागाईं


नयाँ विकल्प,
काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् श्रमिक तथा ट्रेड युनियन विभाग प्रमुख शिवप्रसाद हुमागाईंले सरकार कोभिड १९ को बहानामा अधिनायकबादको मार्गमा अघि बढेको आरोप लगाएका छन् ।

कोभिड १९ को संक्रमणको अवस्थामा श्रम शोषणमा परेरका रोजगारी गुमाएका श्रमजीवि पत्रकारहरुको अवस्थाका विषयमा छलफल गर्न मंगलबार राजधानीमा आयोजित छलफल कार्यक्रममा नेता हुमागाईंले श्रमजीवि पत्रकारको समस्या संवोधन गर्न सरकारले चासो नदिएको दाबी गरे ।

‘सरकार निरंकुसता र अधिनायकवाद तर्फ अघि बढीरहेको छ । श्रमिकहरुको अधिकार कटौती गर्ने, रोजिरोटी खोसिँदा संवोधन नगर्ने र कानुन कार्यान्वयनमा ध्यान दिएको छैन’, हुमागाईंले भने, ‘आवाजविहीनहरुको आवाज प्रतिविम्वित गर्ने संचार क्षेत्रलाई सरकारले दबाउन खोजेको छ ।’

प्रचलित कानुनअनुसार आफूहरुले पाउनु पर्ने पारिश्रमिक उपलब्ध गराउन, कोभिडको बहानामा रोजगारी नखोस्न श्रमजीवि पत्रकार अनसनमा बस्नु पर्ने अवस्था सरकारको कमजोरीका कारण भएको हुमागाईंको आरोप थियो ।

कोरोना संक्रमणको बहानामा रोजगारी गुमाएका पत्रकारको पुनर्बहाली गर्न, नियमित तलब नपाएका पत्रकारको तलब तत्काल दिन, र श्रमजीवि पत्रकार ऐन कार्यान्वयन गर्न पत्रकारको माग पुरा गर्न मिडिया सञ्चालक र सरकारको विभागले ध्यानाकर्षण गराउने उनले बताए ।

कोरोना महामारीमा श्रमजीवी पत्रकारलाई परेका समस्याका बारेमा चासो राख्दै श्रमिक तथा ट्रेड युनियन विभागले मंगलबार आयोजना गरेको सो छलफल कार्यक्रममा नेपाल पत्रकार महासंघका सचिव रामप्रसाद दाहाल, सदस्य नकुल अर्यालय, नेपाल प्रेस युनियन काठमाडौका अध्यक्ष जगन्नाथ दुलाल लगायतले श्रममजीवि पत्रकारको समस्याका विषयमा ध्यानाकर्षण गराएका थिए ।

सम्बन्धित समाचार

नेपाल एसिसी प्रिमियर कपको सेमिफाइनलमा
नेपाल एसिसी प्रिमियर कपको सेमिफाइनलमा
  • २०७७ आश्विन २०, १४: १४

काठमाडौं : नेपाल एसिसी प्रिमियर लिग २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । समूह ‘ए’ मा लगातार तेस्रो जित निकाल्दै...

कांग्रेस सभापति गगन थापा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता
कांग्रेस सभापति गगन थापा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता
  • २०७७ आश्विन २०, १४: १४

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता भएको छ । भेटका क्रममा दुई नेताबीच कांग्रेसभित्र देखिएको...

रसुवामा हैजाविरुद्धको २१ हजार डोज खोप पठाइयो
रसुवामा हैजाविरुद्धको २१ हजार डोज खोप पठाइयो
  • २०७७ आश्विन २०, १४: १४

काठमाडौं : विनाशकारी बाढीपछि हैजाको जोखिम बढेपछि रसुवामा हैजाविरुद्धको २१ हजार डोज खोप पठाइएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को...