बुटबलमा कर्फ्यूबीच प्रदेश ५ को राजधानी दाङमा राख्ने प्रस्ताव दुइ तिहाईबाट पारित – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

बुटबलमा कर्फ्यूबीच प्रदेश ५ को राजधानी दाङमा राख्ने प्रस्ताव दुइ तिहाईबाट पारित


नयाँ विकल्प


बुटबल – प्रदेश राजधानीका विषयमा जनआक्राेश बढिरहेका बेला प्रदेश ५ काे राजधानी र नामकरण प्रदेश सभाले टुङ्गाे लागेकाे छ ।

मंलबारकाे प्रदेश ५ काे प्रदेश सभा बैठक समक्ष प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री कुल प्रसाद केसीले संविधानकाे धारा २८८ काे उपधारा २ बमाेजीम प्रदेश ५ काे नाम लुम्विनी र स्थायी राजधानी दाङकाे भालुवाङमा राख्ने प्रस्ताव सदन समक्ष पेश गरेका थिए ।

प्रदेश सभामा प्रदेश सभाम पेश गरेका थिए ।देश ५ काे राजधानी दाङकाे भालुवाङ र नाम लुम्बिनी बहुमतबाट पारित भएकाे छ। प्रस्तावकाे पक्षमा ६९ र विपक्षमा १३ मत परेकाे छ । कांग्रेसका ६ जना प्रदेश सांसद अनुपस्थित थिए । राजधनाीको पक्षमा मत बिभाजन भएपनि प्रदेशको नाम लुम्बिनीको पक्षमा भने कसैले बिपक्षमा मत हालेनन्पर ।

सोमबार प्रस्ताव पेश गरे लगतै नेकपाका असन्तुष्ट साँंसद भोजप्रसाद श्रेष्ठलाई बोल्न समय दिइएकाे थियाे । उनले सदन संचालनको विधि नभएको, राजधानी तोक्ने बिषयमा लोकतान्त्रिक पद्धति नभएकाे भन्दै गुनासो गरेका थिए।

उनले राजानीति तोक्न गठन भएको बिशेष समितिको प्रतिवेदन संसदको हातमा नभएकोले सदन समक्ष पेश गर्न माग गरेका थिए। असन्तुष्ट साँंसद श्रेष्ठले बारम्बर थप समयको माग गरेपनि सभामुख पूर्ण घर्तीले समय दिन अस्विकार गरे। श्रेष्ठ नेपाली कांग्रेसका सांसदसंगै बैठक चलिहरँदा उभिएका थिए।

प्रदेश राजधानीकाे विषयमा सत्तारूढ दलभित्रै चर्काे विराेध सुरू भएपछि नेकपाले आफ्ना प्रदेश सांसदलाई पक्षमा मतदान गर्न ह्विप जारी गरेकाे थियाे ।

प्रदेशकाे नामाकरण र राजधानीबारे निर्णय गर्ने अधिकार प्रदेश सभालाइ मात्र रहने ब्यावस्था विपरित नेकपाकाे नेतृत्वले भालुवाङ ताेक्न निर्देशन दिएपछि यतिवेला बुटबल क्षेत्र अशान्त बनेकाे छ ।

नेकपाले नेतृत्व गरेकाे प्रदेश ५ सरकारले प्रदेश राजधानी ताेक्नुपूर्व छलफल नभएकाे र एकलाैटी हिसाबमा सरकार अगाडि बढन खाेजेकाे भन्दै आफ्नै सरकार विरूद्दआक्राेश ब्यक्त गरेका छन् ।

नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्ड तथा प्रदेश ५ का मुख्यमन्त्री शंकर पाेखरेल विचकाे अनाैपचारीक सहमती पछि प्रदेश ५ सरकाले स्थायी राजधानी दाङमा सार्ने निर्णय गरेकाे थियाे ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभासदहरूले राजधानी बुटबलमै राख्न संसाेधन प्रस्ताव पेश गरकाे थिए । प्रतिपक्ष दल कांग्रेसका सभासदहरूकाे विराेधबीच बहुमतकाे आधारमा प्रदेशकाे राजधानी र नामाकरणकाे टुङगाे लागेकाे हाे ।

प्रदेश सभा सांसद रमा घिमिरेले बुटबल नै राजधानी रहनु पर्ने भन्दै संसाेधन प्रस्ताव पेश गरेकी थिइन । घिमिरेले भाैगाेलीक रूपमा बुटबल नै प्रदेश ५ राजधानी उपयुक्त हुने भन्दै यसैलाई कायम गर्न संसाेधन प्रस्ताव पेश गरेकी थिइन् ।

घिमिरेले कानुन मन्त्रीकाे संसद भित्र सभासदलाई घिसारेर निकाल्ने अभिब्यक्तप्रति खेद प्रस्ताव समेत दर्ता गराएकी थिएन । प्रदेश ५ काे विपक्षी दलका नेता विरेन्द्र कुमार कनाैडियाले बाहिर कर्फ्यू लगाएर राजधानी ताेक्ने विषय दुःखद् रहेकाे बताए ।

उनले नयाँ राजधानी बनाउन एक सय अर्व लाग्ने, काेराेनाले देश आक्रान्त भैरहेका बेला सरकारले राजधानीकाे विषय उठाएर जनतालाइ आन्दाेलित बनाएकाे आराेप लगाएका थिए ।

उनले राजधानीकाे विषयमा अल्मलिनु कति जायज हाे ? बेराेजगारीले देश आक्रान्त रहेकाे बेला राजधानी ताेक्ने विषयमा आफ्नाे र पार्टीकाे बिराेध नभएपनि प्रक्रिया मिच्ने विषयमा पार्टीकाे असहमति रहेकाे बताए ।

सम्बन्धित समाचार

धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
  • २०७७ आश्विन २०, १५: ४०

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...

सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
  • २०७७ आश्विन २०, १५: ४०

काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०७७ आश्विन २०, १५: ४०

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...