स्थायी राजधानी भालुवाङ बनाउने निर्णयपछि बुटबलका २ हजार व्यवसायीले नेकपा त्यागे – Naya Bikalpa
September 21, 2026, Monday      Epaper

स्थायी राजधानी भालुवाङ बनाउने निर्णयपछि बुटबलका २ हजार व्यवसायीले नेकपा त्यागे

नयाँ विकल्प,
बुटबल – प्रदेश ५ को अस्थायी राजधानी बुटबलबाट स्थायी राजधानी दाङको भालुवाङ सार्ने सत्तारुढ नेकपाको निर्णय प्रदेशसभाबाट पारित हुनुअघि नै रुपन्देही जिल्लाका नेपाल कम्युनिस्ट पार्टीनजिकका दुई हजार दुई सयभन्दा बढी उद्योगी व्यवसायीले नेकपा परित्यागको घोषणा गरेका छन् ।

प्रदेश ५ को स्थायी राजधानी दाङको भालुबाङ बनाउने प्रदेश सरकारको निर्णयपछि आन्दोलनको घोषणा गर्दै उनीहरुले पार्टी परित्यागको घोषणा गरेका हुन् । नेकपा समर्थित उद्योगी व्यवसायीले मंगलबार बुटवलमा पत्रकार सम्मेलन गरी पार्टी परित्यागको घोषणा गरेका हुन् ।

रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहोराले राजनीतिक स्वार्थपूर्तिका लागि राजधानी सार्न खोजिएको भन्दै चुनावका बेलामा बुटवललाई प्रदेशको राजधानी बनाउने प्रतिबद्धताविपरीत प्रदेश सरकारले दाङको भालुबाङलाई प्रदेश राजधानीमा बनाउन खोजेका बताए ।

पार्टीको निर्णयविरुद्ध आफू पार्टी सदस्य एवम् कुनै पनि जिम्मेवारीमा नबस्ने घोषणा गरिएको बताए । उनी नेकपाको नगर कमिटी सचिवालय सदस्य पनि हुन् ।

यस्तै, होटेल तथा रेस्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष समुद्र जीसीले पार्टी परित्यागको घोषणा गर्दै विधेयक फिर्ता हुँदैन भने पार्टीमा बसिराख्नुको औचित्य नहुने बताए ।

नेकपा समर्थित उद्योगी व्यवसायीले पार्टीले प्रदेश सांसदहरुलाई ‘भेडा बाख्रा’ बनाएको आरोप पनि लगाए । नेपाली कांग्रेसका सांसदहरुले आन्दोलन गरिरहँदा नेकपाका सांसदहरु भने विरोधमा बोल्नसमेत नसकेको उनीहरुले आरोप लगाए ।

रुपन्देही उद्योग संघका अध्यक्ष तेजाज आलमले कालोलाई कालो र सेतोलाई सेतो भन्न सक्दैनौं भने राजनीति गर्नुको कुनै औचित्य नहुने बताए ।

जिल्लामा नेकपा समर्थित विभिन्न ३५ वटा संघ संस्थामा आबद्ध दुई हजार दुई सय ४९ जनाले पार्टी सदस्य र जिम्मेवारीबाट राजीनामा दिने घोषणा गरेका हुन् ।

सम्बन्धित समाचार

एन्फाका कोषाध्यक्ष जोशी र लेखा अधिकृत पाण्डे पक्राउ
एन्फाका कोषाध्यक्ष जोशी र लेखा अधिकृत पाण्डे पक्राउ
  • २०७७ आश्विन २०, १६: ०३

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का दुई कर्मचारी पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले एन्फाका...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०७७ आश्विन २०, १६: ०३

काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...

संघीय संसदका दुवै सदनको बैठक बस्दै
संघीय संसदका दुवै सदनको बैठक बस्दै
  • २०७७ आश्विन २०, १६: ०३

काठमाडौं : संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ। अपराह्न १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको...