बझाङमा बलात्कारपछि मिलापत्र गराउने ६ जना पक्राउ – Naya Bikalpa
September 13, 2026, Sunday      Epaper

बझाङमा बलात्कारपछि मिलापत्र गराउने ६ जना पक्राउ

नयाँ विकल्प,

काठमाडाैं- बझाङकी १२ वर्षीया बालिका सम्झना कामीको बलात्कारपछि हत्या अभियोगमा पक्राउ परेका राजेन्द्र बोहराले गरेको अर्को बालात्कारको घटना गाउँमै मिलाउने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले मिलापत्र गर्ने मष्टा गाँउपालिकाका ६ जनालाई सोमबार पक्राउ गरेको हो।

पक्राउ पर्नेमा २४ वर्षीय झलक दमाई, ४५ वर्षीय लालबहादुर बोहरा, ५७ वर्षीय धनचढी बोहरा, ४५ वर्षीया थमकला दमाई, ५७ वर्षीय पिरू दमाई र ५५ वर्षीय गल्फे बोहरा छन्। उनीहरूले गत साउन २९ गते १४ वर्षीया बालिकामाथि बलात्कार भएको घटनालाई मिलापत्र गराएका थिए।

घटना बाहिर आउन नदिन उनीहरूले पीडित र राजेन्द्र बोहरा पक्षबीच साउन ३१ गते मिलापत्र गराएका थिए। मिलापत्रमा दुई पक्षका तीन जनाले हस्ताक्षर गरेका थिए भने राजेन्द्रले बालिकाको खुट्टामा पाँच सय रुपैयाँ राखेर ढोगेको समेत खुलेको थियो।

त्यसरी मिलापत्र गराएको एक महिनापछि बोहराले असोज ७ गते बुधबार सोही ठाँउकी १२ वर्षीया सम्झना बिकको बलात्कार पछि हत्या गरेका थिए। अहिले उनी प्रहरी हिरासतमा छन्। सम्झना बिकमाथि बलात्कारपछि हत्या गरेको घटनामा पक्राउ परेका बोहरामाथि अनुसन्धान गर्दा साउन २९ गतेको घटना बाहिरिएको हो।

मिलापत्र गर्नेहरूमाथि पनि अहिले अनुसन्धान भइरहेको बझाङका डिएसपी रूपक खड्काले बताए। पक्राउ परेका सबैलाई सोमबार अदालतबाट सात दिन थुनामा राख्ने आदेश लिएर जबरजस्ती करणीको प्रमाण लोप गराएको कसुरमा अनुसन्धान थालिएको खड्काले बताए।

सम्बन्धित समाचार

१४औं महाअधिवेशनका इतरपक्षका केन्द्रीय सदस्यहरुलाई केन्द्रीय सदस्य सरहको हैसियत मात्रै प्रदान
१४औं महाअधिवेशनका इतरपक्षका केन्द्रीय सदस्यहरुलाई केन्द्रीय सदस्य सरहको हैसियत मात्रै प्रदान
  • २०७७ आश्विन २०, १६: २५

काठमाडौं : नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनमा स्वदेश तथा विदेशमा रहेका सबै क्रियाशील सदस्य, समर्थक र शुभेच्छुकलाई उत्साहपूर्वक सहभागी हुन...

पत्रकारिता क्षेत्रलाई संकटमा पार्ने कुनै पनि निर्णय स्वीकार्य छैन : कांग्रेस सभापति थापा
पत्रकारिता क्षेत्रलाई संकटमा पार्ने कुनै पनि निर्णय स्वीकार्य छैन : कांग्रेस सभापति थापा
  • २०७७ आश्विन २०, १६: २५

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले स्वतन्त्र प्रेस समस्यामा पर्दा त्यसको प्रत्यक्ष असर लोकतान्त्रिक व्यवस्थामाथि पर्ने भएका कारण त्यसको...

कृष्णभीरमा एकतर्फी यातायात सुचारु
कृष्णभीरमा एकतर्फी यातायात सुचारु
  • २०७७ आश्विन २०, १६: २५

काठमाडौं : पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा एकतर्फी यातायात सुचारु भएको छ । सडकको अवस्था परीक्षण गर्न ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालनमा...