कांग्रेसको प्रदेश ५ का ५ सांसदले ह्वीप उल्लंघन गरेर क्षेत्रिय स्वार्थ देखाए – Naya Bikalpa
September 14, 2026, Monday      Epaper

कांग्रेसको प्रदेश ५ का ५ सांसदले ह्वीप उल्लंघन गरेर क्षेत्रिय स्वार्थ देखाए


नयाँ विकल्प,

काठमाडौं – नेपाली कांग्रेस प्रदेश ५ का पाँच सांसदले ५ नम्वर प्रदेश सभा संसदीय दलले लगाएको ह्वीप उल्लंघन गरेका छन् ।

कांग्रेसको प्रदेश ५ संसदीय दलले प्रदेश राजधानी दाङको भालुवाङ तोक्ने प्रदेश सरकारको निर्णय र प्रदेशसभामा प्रस्तुत प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेको थियो ।

प्रदेश ५को प्रदेशसभामा प्रदेशको नाम लुम्विनी र प्रदेशको स्थायी राजधानी दाङको भालुवाङ राख्ने प्रस्ताव राखेको थियो । प्रदेशको नामप्रति कांग्रेसले समर्थन जनाए पनि स्थायी राजधानीको प्रस्तावप्रति असहमति जनाउँदै त्यको विपक्षमा मत हाल्ने निर्णय गरेको थियो ।

प्रदेश संसदीय दलको ह्वीप विपरित प्रदेशको स्थायी राजधानी दाङको भालुवाङ राख्ने प्रस्तावको पक्षमा पाँच जना सांसदहरु बर्दियाका भुवनेश्वर चौधरी, बाँकेका मोहम्मद याकुव अन्सारी, दाङका डिल्ली चौधरी र अर्जुन श्रेष्ठ र र शंकर गिरीले मतदान गरेका हुन् ।

प्रदेशसभामा कुल ८७ सांसदमध्ये ६१ जना नेकपा र १९ जना कांग्रेस सांसद छन् । प्रदेशको स्थायी राजधानी तोक्ने प्रस्तावको पक्षमा ६१ मत खसेको थियो भने विपक्षमा १३ मत मात्र परेको थियो ।
सत्तारुढ नेकपाबाट सभामुख भएको पूर्णबहादुर घर्तीले भने मत हालेका थिएनन् । पक्षमा राष्ट्रिय जनमोर्चाका सांसदले मत हालेका थिए ।

विपक्षमा मत हाल्ने कांग्रेसका प्रदेश सभासदहरुमा संसदीय दलका नेता बीरेन्द्रकुमार कनौडिया, सचेतक निर्माला क्षेत्री, अष्टभुजा पाठक, बैजनाथ कलवार, बसिउद्धिन खाँ, फकरुद्धिन खाँ, बीरबहादुर राना, रमा अर्याल, पुष्पा थरुनी, माला गोतामे सुनार, रिना नेपाल विक, रुन्धावती दुवे शर्मा, शान्तिदेवी वर्मा सोनार रहेका छन् ।

संसदीय दलको निर्णयअनुसार स्थायी राजधानी तोक्ने प्रस्तावको विपक्षमा मतदान गर्ने सबै साविकको लुम्विनी अञ्चलका जिल्लाका सभासद् हुन भने ह्वीप उल्लंघन गर्ने साविकको राप्ती र भेरी अञ्चलका जिल्लाका सभासद् छन् ।

वाँकेबाट निर्वाचित प्रदेश संसदीय दलका प्रमुख सचेतक सुरेन्द्रबहादुर हमालले भने स्थायी राजधानी राख्ने प्रस्तावको पक्ष वा विपक्ष कतै पनि मत हालेनन् । प्रमुख सचेतक हमालले विवाद भएकाले अाफूले स्वविवेक प्रयाेग गरी कतै पनि मत नहालेकाे नयाँ विकल्प डट कमलाइ बताए ।

सम्बन्धित समाचार

१४औं महाअधिवेशनका इतरपक्षका केन्द्रीय सदस्यहरुलाई केन्द्रीय सदस्य सरहको हैसियत मात्रै प्रदान
१४औं महाअधिवेशनका इतरपक्षका केन्द्रीय सदस्यहरुलाई केन्द्रीय सदस्य सरहको हैसियत मात्रै प्रदान
  • २०७७ आश्विन २०, १७: ३२

काठमाडौं : नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनमा स्वदेश तथा विदेशमा रहेका सबै क्रियाशील सदस्य, समर्थक र शुभेच्छुकलाई उत्साहपूर्वक सहभागी हुन...

पत्रकारिता क्षेत्रलाई संकटमा पार्ने कुनै पनि निर्णय स्वीकार्य छैन : कांग्रेस सभापति थापा
पत्रकारिता क्षेत्रलाई संकटमा पार्ने कुनै पनि निर्णय स्वीकार्य छैन : कांग्रेस सभापति थापा
  • २०७७ आश्विन २०, १७: ३२

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले स्वतन्त्र प्रेस समस्यामा पर्दा त्यसको प्रत्यक्ष असर लोकतान्त्रिक व्यवस्थामाथि पर्ने भएका कारण त्यसको...

कृष्णभीरमा एकतर्फी यातायात सुचारु
कृष्णभीरमा एकतर्फी यातायात सुचारु
  • २०७७ आश्विन २०, १७: ३२

काठमाडौं : पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा एकतर्फी यातायात सुचारु भएको छ । सडकको अवस्था परीक्षण गर्न ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालनमा...