चित्तल मारेको अभियोगमा दुई जना पक्राउ – Naya Bikalpa
September 7, 2026, Monday      Epaper

चित्तल मारेको अभियोगमा दुई जना पक्राउ

बाँके-जंगली जनावर चित्तल मारेको अभियोगमा जिल्ला प्रहरी कार्यालय बाँकेले डुडुवा गाउँपालिका-४ राप्ती पुलबाट करिब २६ किलो तौलको पोथी जातको चित्तल सहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा राप्तीसोनारी गाउँपालिका-६ बस्ने २३ वर्षीय सामेल रोका र नेपालगंज उपमहानगरपालिका-७ बस्ने ३० वर्षीय अञ्जन हमाल रहेका छन् ।

अस्थाई प्रहरी पोष्‍ट फत्तेपुर ‘ख’ बाँकेबाट खटिएको प्रहरीले राप्तीसोनारी गाउँपालिका-६ कुण्डा चोकमा फत्तेपुरबाट नेपालगंजतर्फ आउँदै गरेको भे.८ प ५४६५ नम्बरको मोटरसाइकल जाँच गर्न खोज्दा मोटरसाइकल नरोकी नेपालगंजतर्फ फरार भएपश्चात जिल्ला प्रहरी कार्यालय बाँके र ईलाका प्रहरी कार्यालय कम्दीबाट खटिएको प्रहरीले उक्त पुलमा मोटरसाइकल नियन्त्रणमा लिई जाँच गर्दा घाँटी काटेर बोरामा राखेको अवस्थामा चित्तल फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक कारबाहीको लागि जिल्ला बन कार्यालय बाँकेमा पठाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

सम्बन्धित समाचार

कांग्रेस कार्यसम्पादनको दुईदिने बैठक बाढीपीडितमा केन्द्रित, सरकारले सञ्चार क्षेत्रमा गरेको विभेदकारी नीति खारेजीको माग
कांग्रेस कार्यसम्पादनको दुईदिने बैठक बाढीपीडितमा केन्द्रित, सरकारले सञ्चार क्षेत्रमा गरेको विभेदकारी नीति खारेजीको माग
  • २०७७ आश्विन २१, १३: ३७

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको दुईदिने बैठक ललितपुरस्थित बी.पी. स्मृति भवनमा सम्पन्न भएको छ । सभापति गगन कुमार...

विचारमा बहस गरौं, नेतृत्वमा प्रतिस्पर्धा गरौं, पार्टी कमजोर नबनाऔं : सहमहामन्त्री संग्रौला
विचारमा बहस गरौं, नेतृत्वमा प्रतिस्पर्धा गरौं, पार्टी कमजोर नबनाऔं : सहमहामन्त्री संग्रौला
  • २०७७ आश्विन २१, १३: ३७

ललितपुर : नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौलाले पार्टीको १५औँ महाधिवेशन तोकिएकै समयमा सम्पन्न गर्नुपर्ने बताएकी छिन् । सोमबार बसेको...

एनपिएलको ओटिटी प्रसारणको अधिकार ‘नेट टिभी’लाई, हिमालय स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने
एनपिएलको ओटिटी प्रसारणको अधिकार ‘नेट टिभी’लाई, हिमालय स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने
  • २०७७ आश्विन २१, १३: ३७

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) को प्रसारण अधिकार सम्बन्धी बोलपत्र प्रक्रियाबाट ओटिटी र टेलिभिजन दुवै माध्यम टुंगो लागेको छ...