
नयाँ विकल्प,
काठमाडाैं- भक्तपुरमा जग्गा हेर्न आएका व्यक्तिहरूको कुटपिटबाट एक जनाको ज्यान गएको छ। बुधबार चाँगुनारायण नगरपालिका-८ सुँडालका ६१ वर्षीय चन्द्रकुमार योन्जनमाथि जग्गा किन्न भनि आएका दुई जना अपरिचित व्यक्तिले कुटपिट गरेका थिए।
उनको बिहीबार बिहान काठमाडौंस्थित ग्रिनसिटी अस्पतालमा मृत्यु भएको महानगरीय प्रहरी परिसर, भक्तपुरले जनाएकाे छ । प्रहरीका अनुसार जग्गा हेर्न आएका दुई जनाले योन्जनलाई घरबाट एक-डेढ किलोमिटर टाढा जग्गा देखाउन भनि लगेका थिए। तर एक्कासि उनीहरूले मरणासन्न हुनेगरी कुटपिट गरी त्यहीँ छाडेर भागेका थिए।
परिवारका अनुसार उनीमाथि साढे पाँच बजे कुटपिट भएको थियो। यद्यपी प्रहरीलाई भने बेलुकीमात्रै खबर पाएकाे थियाे । घाइते योन्जनलाई उपचार गर्न मध्यपुर थिमी अस्पताल लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि राति काठमाडौं रिफर गरिएको थियो। प्रहरीका अनुसार योन्जन जग्गा किनबेचको काम गर्थे।
उनीमाथि कुटपिट हुनुको कारण खुलेकाे छैन् ।उनीमाथि कुटपिट गर्नेहरू फरार छन्। उनीहरूको खोजी भइरहेको भक्तपुर प्रहरीले जनाएकाे छ ।
काठमाडौं : जापानमा जारी २०औं एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष कबड्डीको समूह चरणको खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको छ । प्रतियोगितामा नेपालको यो...
काठमाडौं : हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून...
काठमाडौं : सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । अपराह्न १ः०० बजे बस्ने बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘नागरिक लगानी...