
नयाँ विकल्प
सुर्खेत – बुधबार जाजरकोटको जुनीचाँदे गाउँपालिका-१ मा जीप दुर्घटनामा परि ज्यान गुमाउनेकाे संख्या ७ पुगेकाे छ ।
मृत्यु हुनेमा जुनीचाँदे गाउँपालिका-११ का वडा अध्यक्ष अमरबहादुर शाही, सोही वडाका ६५ वर्षीय कृती बहादुर शाही, जुनीचाँदे गाउँपालिका-५ की मालिका बस्नेत, सोही वडाका २८ वर्षीय कृष्ण बहादुर शाही, ३० वर्षीय खिम बहादुर शाही र छेडागाड नगरपालिका-५ का कर्ण बहादुर शाही रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।
दिउँसो २ बजेतिर जाजरकोट सदरमुकाम खलंगादेखि जुनीचाँदे गाउँपालिका जान लागेको भे १ ज ९३५ नम्बरको जीप सडकबाट करिब ५०० मिटर तल खसेको प्रहरीले जनाएको छ।
जुनीचाँदे गाउँपालिका-२ को औलखोलामा जीप दुर्घटना मापदण्डविपरीत बनेको सडक र चालकको लापरबाहीका कारण भएको भन्दै मृतकका आफन्तले शव बुझ्न मानेका छैनन् ।
स्थानीय जनप्रतिनिधिको पहलमा परिवारका आफन्तले शव बुझ्न इकार गरेपछि प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी कार्यालय जाजरकाेटका प्रमुख घटनास्थल पुगेका छन । उक्त दुर्घटनापछि चालक गोर्ख बहादुर बस्नेत वेपत्ता बनेका छन् ।
घटनास्थलमा चालककाे शव फेला नपरेकाले उनि फरार रहेकाे हुनसक्ने अनुमान गरिएकाे छ । दुर्घटनामा मृत्यु भएका आक्राेसित परिवार र आफन्तले चालक गोर्ख बहादुर बस्नेतको घर र पसलमा आगो लगाइदिएका छन्।
दुर्घटनापछि सयौंको संख्यामा रहेकाे समुहले चालकको जुनीचाँदे-५ मटेलमा रहेको घर र छेडागाड नगरपालिकाको सुवानाउलीमा रहेको पसलमा आगो लगाइदिएको जिल्ला प्रहरी कार्यालय जाजरकाेटले जनाएकाे छ ।
उक्त दुर्घटनामा मृतक ६ जनाकाे शव बुधबार फेला परेकाे थियाे । जुनीचाँदे गाउँपालिका-११ का १७ वर्षीय लालबहादुर बुढाको शव बिहीबार भेटिएसंगै मृतककाे संख्या ७ पुगेकाे प्रहरीले जनाएकाे छ । दुर्घटनामा घाइतेहरूकाे सुर्खेतस्थित देउती अस्पतालमा उपचार भइरहेको छ
काठमाडौं : नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनमा स्वदेश तथा विदेशमा रहेका सबै क्रियाशील सदस्य, समर्थक र शुभेच्छुकलाई उत्साहपूर्वक सहभागी हुन...
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले स्वतन्त्र प्रेस समस्यामा पर्दा त्यसको प्रत्यक्ष असर लोकतान्त्रिक व्यवस्थामाथि पर्ने भएका कारण त्यसको...
काठमाडौं : पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा एकतर्फी यातायात सुचारु भएको छ । सडकको अवस्था परीक्षण गर्न ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालनमा...