साझा पार्टीले विस्तार गर्याे ६५ सदस्यीय केन्द्रीय समिति – Naya Bikalpa
September 6, 2026, Sunday      Epaper

साझा पार्टीले विस्तार गर्याे ६५ सदस्यीय केन्द्रीय समिति

नयाँ विकल्प

काठमाडाैं- साझा पार्टीले सातै प्रदेश तथा साझा युवा संगठनबाट ३७ जना थपेर आफ्नो केन्द्रीय समितिलाई ६५ सदस्यीय बनाएकाे छ । पुनर्गठनमा साझापार्टीले युवाहरू प्राथमिकतामा राखेकाे केन्द्रीय सदस्य प्रकाशचन्द्र परियारले बताए छ ।

गत फागुनमा लुम्बिनीमा भएको राष्ट्रिय भेलाले पार्टीको केन्द्रीय समिति पुनर्गठन गर्ने निर्णय गरेको थियो।आफ्नो राजनीतिक तथा संगठनात्मक गतिविधिलाई अझ व्यापक र विस्तारित गर्दै पार्टी निर्माणको अभियानलाई सुदृढ गर्न केन्द्रीय समिति पुनर्गठन गरिएको हो।

यो पुनर्गठनसँगै साझा पार्टी आफ्ना राजनीतिक मुद्दा र विचार बोकेर देशभरी नै विश्वासिलो विकल्पका रूपमा जनता माझ जाने केन्द्रीय सदस्य परियारले वताए । नयाँ जोडिएका ३७ जना सदस्यमा १० जना महिला रहेका छन्।

यद्यपि, समय दिएर अग्र पंक्तिको राजनीतिक नेतृत्व लिन चाहने महिला लगायत विभिन्न समावेशी समूहका सदस्यको अझै पनि पार्टीले अभाव महसुस गरिरहेको जनाइएकाे छ।

साझाले महिला तथा समावेशी नेतृत्वलाई व्यापकरूपमा प्रवर्द्धन गर्न महिला लगायत सबै समावेशी समूहका सदस्यलाई वैकल्पिक र सुसंस्कृत राजनीतिको अभियानमा संलग्न हुन आह्वान गरेकाे छ ।

केन्द्रीय समितिको पुनर्गठन सँगसँगै आफूलाई वैकल्पिक राजनीतिको गुरूत्व शक्ति बनाउने उद्देश्यका साथ समान विचार र उद्देश्य भएका राजनीतिक पार्टी, समूह र अभियानहरुसँग समेत पार्टी एकीकरण र ध्रुवीकरणको प्रक्रिया सुरु गरेकाे परियारले वताए ।

राजनीतिक विकल्प निर्माण गर्न सम्पूर्ण प्रयत्नहरू एकीकृत गर्दै देश-विदेशमा रहेका विभिन्न अभियान तथा नागरिक समूहहरू, पुराना दलका इमानदार, कर्मठ र देशभक्त नेता, सदस्य तथा शुभेच्छुकलाई एक जुट हुन साझाले आग्रह गरेकाे छ ।

साझा पार्टीको केन्द्रीय समितिमा जोडिएका नयाँ सदस्यहरूमा महेन्द्र थापा, अमलेश कर्ण, धनपति महतो, सुमनकुमार मिश्रा, दिव्येश गिरी, मुरली मनोहर मिश्र, अनुपा श्रेष्ठ, पुष्पा सापकोटा, सुरज प्रधान, प्रदिप थापा, भुपेन्द्र बस्नेत, अमृत पुडासैनी, दीपक पौडेल र हरि प्रसाद गौतम छन्र ।

त्यस्तै, अर्जुनप्रसाद खनाल, नवराज थापा, हरिकृष्ण अधिकारी, इन्दिरा वाग्ले शर्मा, मधुसुदन केसी, केशबबहादुर मल्ल, सुशीलराज देबकोटा, घनश्याम विश्वकर्मा, पवन मल्ल, संगीता श्रेष्ठ, लक्ष्मी शाही, दुज्जी चौधरी, घनबहादुर शाह, सरोज गौतम, प्रकाश आचार्य, पवित्र थापा, सस्मित पोखरेल, संजय बराल, आशिष रेग्मी, दिपक उप्रेती, विणा शाह, शारदा रिजाल र लक्ष्मी घिमिरे पनि केन्द्रीय सदस्य भएका छन् ।

सम्बन्धित समाचार

कास्कीमा डीनएन नमुना संकलन प्रहरी कार्यालयबाट
कास्कीमा डीनएन नमुना संकलन प्रहरी कार्यालयबाट
  • २०७७ आश्विन २२, १५: १३

कास्की : रसुवाको भोटेकोसी नदीमा आएको बाढीमा बेपत्ताहरूको खोजी तथा शव पहिचानका लागि जिल्ला प्रहरी कार्यालय कास्कीबाट आफन्तको डीएनए नमुना...

देशभर मनसुन सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
देशभर मनसुन सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २०७७ आश्विन २२, १५: १३

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको...

गोरखामा बाढीले ४ घर र पुल बगायो
गोरखामा बाढीले ४ घर र पुल बगायो
  • २०७७ आश्विन २२, १५: १३

गोरखा : गोरखाको हिमाली भेगस्थित चुमनुब्री गाउँपालिका– ४ र २ भएर बग्ने थेराङखोलाको बाढीले ४ घर र १ पुल बगाएको...