ओली र दाहालबीच बालुवाटारमा मन्त्रीको लिष्ट फालाफाल – Naya Bikalpa
June 26, 2026, Friday      Epaper

ओली र दाहालबीच बालुवाटारमा मन्त्रीको लिष्ट फालाफाल

नयाँ विकल्प

नयाँ विकल्प

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बेला–बेलामा प्रधामनन्त्री निवास बालुवाटारमा विभिन्न अचम्मका दृष्य देखिन थालेका छन् ।

गत भदौ २६ गते बसेको पार्टीको स्थायी समितिको बैठकले मन्त्रीमण्डल पुनर्गठनको जिम्मा ओली र दाहाललाई दिएको भएपनि दुई नेता सहमतिमा पुग्न नसक्दा हालसम्म बिस्तार हुन नसकेको बताईएको छ ।

यो साता लगातर भेट भएपनि सहमति हुन नसकेको बालुवाटार स्रोतले बतायो । बिहीबारको भेटमा भने सहमति हुन नसक्दा दिक्क भएका अध्यक्ष प्रचण्डले आठ जना मन्त्रीको नाम लिष्ट ओलीलाई बुझाउन खोजेका थिए । तर उनले बुझ्न अस्वीकार गरे ।

त्यसपछि ‘तपाई जे सुकै गर्नुस मेरो चाँहि कुरा यही हो’ भन्दै प्रचण्डले लिष्ट बालुटारमा फालेर हिँडेको स्रोतले बतायो । महिनौंदेखि मन्त्रीमण्डल पुनर्गठनको विषय चर्चामा आए पनि आजसम्म त्यसले मूर्तरूप लिन सकेको छैन ।

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओली र अध्यक्ष ‘प्रचण्ड’ बीच दिनहुँ जसो हुने भेट पनि त्यसैमा केन्द्रित हुने गरेको धेरै भइसक्यो । तर, दुबै अध्यक्ष आ –आफ्नै अडानमा रहेको कारण सहमति हुन सकेको छैन ।

लिष्टमा अध्यक्ष दाहालले पूर्वएमाओवादीको तर्फबाट भन्दै आठ जनाको नाम लिष्टमा समावेश गरेका थिए । जसमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’, ऊर्जामन्त्री वर्षमान पुन र खानेपानी मन्त्री बिना मगरलाई कायम राख्नुपर्ने उल्लेख छ ।

नयाँ मन्त्रिका लागि पम्फा भुसाल, जनार्दन शर्मा, देवेन्द्र पौडेल, मातृका यादव र देव गुरुङ्गको नाम प्रचण्डले सिफारिस गरेका छन् । तर, तीमध्ये चार जनाप्रति प्रधानमन्त्री ओलीले चर्को असन्तुष्टि पोखेपछि दाहाल असन्तुष्ट भएको स्रोतले बतायो ।

प्रधानमन्त्रीले दाहाललाई लिष्टमा उल्लेख गरिएकामध्ये चार जनाको नाम हटाएर अरु नै चार जना थप्न पटक पटक आग्रह गरेका थिए । प्रधानमन्त्री स्पष्ट रूपमा टोपबहादुर रायमाझी, हरिबोल गजुरेल, लेखराज भट्ट र प्रभु शाहको नाम पूर्वएमाओवादीको लिष्टमा मिलाउने पक्षमा छन् ।

यता, दाहाललाई सुनाउँदै पूर्वएमालेको तर्फबाट प्रधानमन्त्रीले प्रस्तुत गरेको लिष्टअनुसार नयाँ बन्ने मन्त्रीहरूमा विष्णु पौडेल, भीम रावल, तुलसा थापा, सुरेन्द्र पाण्डे, महेश बस्नेत र गोकुल बाँस्कोटा रहेका छन् ।

त्यस क्रममा प्रधानमन्त्रीले अहिलेका मन्त्रीमध्ये अनिवार्य रूपमा दुई जनालाई तत्काल हटाउनुपर्ने बताएका थिए । पहिलो चरणमै हटाउनुपर्ने मन्त्रीहरूको सूचीमा कृषि मन्त्री घनश्याम भुसाल र शिक्षा मन्त्री गिरिराजमणि पोखरेलको नाम सबैभन्दा अगाडि रहेको छ । यी दुई जनालाई कुनैपनि हालतमा मन्त्री पदमा निरन्तरता दिन प्रधानमन्त्री अनिच्छुक रहेको स्रोतले बतायो ।

सम्बन्धित समाचार

क्रियाशील सदस्यता वितरण तीव्र बनाइएको छ, असोजमै महाधिवेशन हुन्छ : डा. डिला संग्रौला
क्रियाशील सदस्यता वितरण तीव्र बनाइएको छ, असोजमै महाधिवेशन हुन्छ : डा. डिला संग्रौला
  • २०७७ आश्विन २३, ११: १५

धनकुटा : नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौलाले पार्टीको निर्धारित महाधिवेशन आगामी असोजमै सम्पन्न हुने बताउँदै त्यसको तयारीस्वरूप देशभर क्रियाशील...

नतिजा समयमै प्रकाशन गर्न कुनै हतार गरिएको होइन : मन्त्री पोखरेल
नतिजा समयमै प्रकाशन गर्न कुनै हतार गरिएको होइन : मन्त्री पोखरेल
  • २०७७ आश्विन २३, ११: १५

काठमाडौं : शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डले नतिजा समयमै प्रकाशन गर्न कुनै हतार नगरेको स्पष्ट पारेका छन् ।...

रास्वपाको दोस्रो चरण निर्वाचन तालिका सार्वजनिक, राति सवा ९ बजेदेखि मतदान
रास्वपाको दोस्रो चरण निर्वाचन तालिका सार्वजनिक, राति सवा ९ बजेदेखि मतदान
  • २०७७ आश्विन २३, ११: १५

चितवन ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दोस्रो चरणअन्तर्गत पार्टी पदाधिकारी निर्वाचनको तालिका सार्वजनिक गरेको छ । केन्द्रीय निर्वाचन आयोगका...