नेपाली कांग्रेसका पूर्वकेन्द्रीय कोषाध्यक्ष रामबाबु प्रसाईं ‘खनुपरुदे’को ९९ वर्षमा निधन – Naya Bikalpa
September 7, 2026, Monday      Epaper

नेपाली कांग्रेसका पूर्वकेन्द्रीय कोषाध्यक्ष रामबाबु प्रसाईं ‘खनुपरुदे’को ९९ वर्षमा निधन


नयाँ विकल्प,
काठमाडौं – नेपाली कांगेसका पूर्वकेन्द्रीय कोषाध्यक्ष तथा पुराना, त्यागी नेता रामबाबु प्रसाईं ‘खनुपरुदे’ को ९९ वर्षको उमेरमा शुक्रबार निधन भएको छ ।

कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईका विश्वास पात्रको रुपमा पहिचान बनाएका प्रसाईं २०१५ सालको आम निर्वाचनमा भने प्रजापरिषद्को तर्फबाट संसदमा उम्मेदवार बनेका थिए ।

कांग्रेसका बैद्धिक तथा लोकतान्त्रिक समाजवादको व्याख्याता समेत रहेका सीके प्रसाईंका सहोदर दाई ‘खनुपरुदे’ २०१६ देखि नेपाली कांग्रेस झापाको राजनीतिमा नेतृत्वदायी भूमिकामा थिए ।

२०४३ सालमा नेपाली कांग्रेस झापाको सभापति भएका प्रसाईंको जिल्ला कार्यसमितिमा कांग्रेस नेता कृष्णप्रसाद सिटौला उपसभापति, पूर्व बनराज्यमन्त्री बीरमणी ढकाल सचिव र पूर्वमन्त्री स्वर्गीय चक्रप्रसाद वाँस्तोल सदस्य थिए ।

प्रसाईंले पार्टीको जिल्ला सभापति भए पनि २०४३ पछि उपसभापति सिटौलालाई कार्यवाहक सभापति बनाएपछि २०४८ मा कांग्रेसको आठौं महाधिवेशन झापाको कलबलगुडीमा भएको थियो ।

२०४८ सालको आम निर्वाचनमा झापाको तत्कालिन ५ नम्वर क्षेत्र र २०५१ मा झापाको तत्कालिन २ नम्वर क्षेत्रमा कांग्रेसको उम्मेदवार भएका थिए ।

सादगी, त्यागी र मित्तव्ययी स्वभावका प्रतिमूर्ती खनुपरुदेलाई २०४८ को पार्टी महाधिवेशनपछि तत्कालिन सभापति कृष्णप्रसाद भट्टराईले केन्द्रीय कोषाध्यक्षको जिम्मेवारी दिएका थिए ।

झापामा सयौं विघा जमिन र सम्पति भए पनि कहिल्यै अहंकार र दम्भ नदेखाउने प्रसाईं यतिसम्म मित्तव्ययी थिए कि – उध्रिएका लुगा कपडा आफैँ सियोले सिउने गर्दथे । कांग्रेस कोषाध्यक्ष हुँदा उनको एक – एक हिसाव दुरुष्त राख्नै शैली तत्कालि सभापति भट्टराई पनि प्रभावित थिए ।

सामाजिक सेवा र कल्याणकारी कार्यमा आर्थिक र भौतिक सहयोग गरेका खनुपरुदे राजधानीको त्रिमुर्ती निकेतक जस्तो साहित्यकि संस्थामा संलग्न थिए । राजनीतिमा बढ्दै गएको विकृति र फजुल तथा विलासी खर्च गर्ने शैलीको खनुपरुदे कट्टर विरोधी थिए ।

पछिल्लो समयमा राजनीतिमा सक्रिय हुन छाडेका खनुपरुदेका छोरा टोरुप प्रसाईं भने झापाको विर्तामोड नगरपालिका र आसपासका क्षेत्रमा रहेका धेरै सामाजिक संघ संस्थामा र नेपाली कांग्रेसको जिल्लास्तरिय राजनीतिमा संलग्न छन् ।

प्रसाईको निधनको खबरले आफू निकै मर्माहित भएको कांग्रेस नेता तथा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले प्रतिक्रिया दिएका छन् । उनले रामबाबुको त्यागी र निश्वार्थी जीवनशैलीबाट कांग्रेसका नेताहरुमा प्रेरण मिल्न सकोस भनी कामना गरेका छन् ।

यता कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सामाजिक संजाल ट्वीटमार्फत रामबाबु प्रसाइँप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

सम्बन्धित समाचार

कांग्रेस कार्यसम्पादनको दुईदिने बैठक बाढीपीडितमा केन्द्रित, सरकारले सञ्चार क्षेत्रमा गरेको विभेदकारी नीति खारेजीको माग
कांग्रेस कार्यसम्पादनको दुईदिने बैठक बाढीपीडितमा केन्द्रित, सरकारले सञ्चार क्षेत्रमा गरेको विभेदकारी नीति खारेजीको माग
  • २०७७ आश्विन २३, १५: ०८

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको दुईदिने बैठक ललितपुरस्थित बी.पी. स्मृति भवनमा सम्पन्न भएको छ । सभापति गगन कुमार...

विचारमा बहस गरौं, नेतृत्वमा प्रतिस्पर्धा गरौं, पार्टी कमजोर नबनाऔं : सहमहामन्त्री संग्रौला
विचारमा बहस गरौं, नेतृत्वमा प्रतिस्पर्धा गरौं, पार्टी कमजोर नबनाऔं : सहमहामन्त्री संग्रौला
  • २०७७ आश्विन २३, १५: ०८

ललितपुर : नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौलाले पार्टीको १५औँ महाधिवेशन तोकिएकै समयमा सम्पन्न गर्नुपर्ने बताएकी छिन् । सोमबार बसेको...

एनपिएलको ओटिटी प्रसारणको अधिकार ‘नेट टिभी’लाई, हिमालय स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने
एनपिएलको ओटिटी प्रसारणको अधिकार ‘नेट टिभी’लाई, हिमालय स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने
  • २०७७ आश्विन २३, १५: ०८

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) को प्रसारण अधिकार सम्बन्धी बोलपत्र प्रक्रियाबाट ओटिटी र टेलिभिजन दुवै माध्यम टुंगो लागेको छ...