ओली र दाहालबीच किन भईरहेछ संचार र अर्थ मन्त्रालयमा लफडा ? – Naya Bikalpa
September 23, 2026, Wednesday      Epaper

ओली र दाहालबीच किन भईरहेछ संचार र अर्थ मन्त्रालयमा लफडा ?

नयाँं विकल्प
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको असहमतिका कारण लामो समयदेखि तीन मन्त्रालय मन्त्रीबिहीन छन् । भदौ २६ गते स्थायी समितिको बैठकले मन्त्रीहरुको टुंगो लाउने जिम्मा दिए पनि एक महिना भइसक्दा पनि सहमति हुन सकेको छैन ।

शुरुमा अर्थमन्त्रालयको जिम्मेवारी उपाध्यक्ष बामदेव गौतमलाई दिने प्रस्ताव गरेका दाहालले गौतमविरुद्ध अदालतमा मुद्धा परेपछि उनी ब्याक भएका छन् । तर पछिल्लो समयमा संचार मन्त्रालयमा उनले अडान छाडेका छैनन् ।

प्रधानमन्त्री ओली पनि सहरी विकास मन्त्रालय बाहेक अरु मन्त्रालय पूर्व माओवादी समूहलाई दिन तयार छैनन् । अर्थमन्त्रीले देशको ढुकुटी चलाउने र संचारमन्त्री सरकारको प्रवक्ता हुने भएकोले यिनमा ओली अडान कायम रहेको बताइएको छ ।

दाहालले सूचना प्रविधि तथा सञ्चार मन्त्रालयमा जोडबल गरेका छन् । अहिले अर्थ, सहरी विकास र सञ्चार मन्त्रालय रिक्त छ । पार्टी एकीकरण अघि तत्कालिन दुई पार्टीबीच भएको भागबन्डाअनुसार ती तीन ओटै मन्त्रालय पूर्वएमाले समूहको भागमा थियो ।

तर, पछि तत्कालिन संघीय समाजवादी फोरमलाई पनि सरकारमा ल्याइएपछि प्रधानमन्त्री ओलीले सहरी विकास मन्त्रालय उपेन्द्र यादवलाई दिएका थिए र पछि इस्तियाक राई मन्त्री बनेका हुन् ।

यादव नेतृत्वको दल सरकारबाट बाहिरिएपछि भने उक्त मन्त्रालय पूर्वएमाले समूहलेनै राख्दै आएको छ । अर्थ मन्त्रालय युवराज खतिवडा र सञ्चार मन्त्रालय गोकुल बाँस्कोटाले चलाएर बिदा भए ।

तर, अहिले पुर्नगठनको तयारी भइरहँदा तीन मन्त्रालयमध्ये आकर्षक मानिने अर्थ र सहरी विकास मन्त्रालय छाडेर प्रचण्डले लगातार सञ्चारमा अडान राख्दै आएको उच्च स्रोतले जनाएको छ ।

पूर्वएमालेको भागमा रहेको मन्त्रालय त्यो पनि अरू आकर्षक मन्त्रालय छाडेर लगातार प्रचण्डले सञ्चारमा अडान राख्नुलाई नेकपा पंक्तिमा मात्र होइन, सबैतिर आश्चर्यका रूपमा लिइएको छ ।

त्यसै पनि प्रिन्टिङ मेसिन खरिदमा विवादमा तानिएर बाँस्कोटाले राजीनामा दिएका कारण उक्त मन्त्रालय सम्हाल्ने विषयमा सर्वत्र चासो छ ।

तर पनि जस्तासुकै जोखिमको पनि बेवास्ता गर्दै प्रचण्डले त्यसैमा जोडबल गरिरहेका छन् । सामान्यतया सरकारको नेतृत्व गर्ने प्रधानमन्त्रीले विश्वासपात्र व्यक्तिलाई मात्र संचारको जिम्मेवारी दिने चलन छ ।

दाहालले भने संचारमन्त्रालयमा ठुलो आर्थिक चलखेल हुने भएकोले यसमा आँखा लगाएको स्रोतले बतायो । मेसिन खरिद, अप्टिकल फाईवर खरिद लगायतका धेरै बिषयमा बैधानिक कमिसन आउने भएकोले प्रचण्डले संचारमा अडान लिएको बताइएको छ ।

सम्बन्धित समाचार

शुक्रबारदेखि भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह
शुक्रबारदेखि भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह
  • २०७७ आश्विन २४, ११: ००

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले शुक्रबारदेखि आइतबारसम्म देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै बाढी, पहिरो, डुबान...

नागरिक लगानी कोषलाई आन्तरिक बचत परिचालनको आधार बनाइने : अर्थमन्त्री वाग्ले
नागरिक लगानी कोषलाई आन्तरिक बचत परिचालनको आधार बनाइने : अर्थमन्त्री वाग्ले
  • २०७७ आश्विन २४, ११: ००

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री एवं अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषलाई आन्तरिक बचत परिचालन गर्ने महत्वपूर्ण औजारका रूपमा अघि...

असोज १४ देखि कोशी प्रदेशमा सीप तथा रोजगार मेला
असोज १४ देखि कोशी प्रदेशमा सीप तथा रोजगार मेला
  • २०७७ आश्विन २४, ११: ००

काठमाडौं : युवा, श्रम तथा रोजगार मन्त्रालयले कोशी प्रदेशमा सीप तथा रोजगार मेला आयोजना गर्ने भएको छ । मन्त्रालयमा बुधबार...