बागमती प्रदेश सरकारले यौन शिक्षालाई पाठ्यक्रममा समावेश गर्ने – Naya Bikalpa
September 21, 2026, Monday      Epaper

बागमती प्रदेश सरकारले यौन शिक्षालाई पाठ्यक्रममा समावेश गर्ने


नयाँं विकल्प
काठमाडौं –बागमती प्रदेश सरकारले बिद्यालयका पाठ्याक्रममा यौन शिक्षालाई समाबेश गर्ने घोषणा गरेको छ ।

नेपाल युवा संस्था सञ्जाल (आयोन)ले शुक्रबार आयोजना गरेको बागमती प्रदेशमा पाठ्यक्रममा बृहत यौनिकता शिक्षा बिषयक अनलाईन छलफल कार्यक्रममा बागमती प्रदेशका सांसद तथा प्रदेश सभाको शिक्षा, स्वास्थ्य तथा कृषि समितिका सदस्य भिमसेन खत्रीले प्रदेश सरकारले आगामी दिनमा बनाउने पाठ्यक्रममा उमेर सुहाउँदो बृहत यौनिक शिक्षालाई पाठ्यक्रममा समावेश गरिने बताए ।

सांसद खत्रीले जन्मदेखि मृत्युसम्मका हरेक समयमा बृहत यौनिक शिक्षाका कुरा एक आपसमा जोडिने भएकाले यसको आवश्यकता महत्वपूर्ण रहेको बताए ।

संघीय सरकारले तयार गरेको पाठ्यक्रममा कक्षा ९ १० मा स्वास्थ्य तथा जनसङ्ख्या विषयलाई अनिवार्यबाट ऐच्छिक विषय बनाएकोमा आफु खुसी भएको बताए ।

हरेक मानिसको दैनिक जीवनमा एक आपसमा आई पर्ने शिक्षा र स्वास्थ्यको विषयलाई अझ फराकिलो बनाउनु पर्नेमा ऐच्छिक बनाईएकोले समाजमा स्वास्थ्यमा ठुलो समस्या सृजना हुनसक्ने उनले वताए ।

प्रदेश सरकारले बृहत यौनीकता शिक्षाललाई पाठ्यक्रममा समावेश गर्न विभिन्न चरणमा छलफल गरिरहेको र आगामी दिनमा प्रदेश भित्रका एक सय १९ स्थानीय तहका विधालयमा पठनपाठन गरिने खत्रीले जानकारी दिए ।

यस्तै कार्यक्रममा सहभागी हेटौडा उपमहानगरपालिकाकी उपप्रमुख मीनाकुमारी लामाले उपमहानगरपालिकाले औपचारीक कार्यक्रम सँगै अनौपचारीक रुपमा बृहत यौनीकता शिक्षाका कार्यक्रमलाई अगाडि बढाएको बताइन ।

उनले विद्यालय तहमा पाठ्यक्रममार्फत र विधालयबाहिर स्वास्थ्य संस्थाहरु मार्फत यस्ता कार्यक्रमहरु सञ्चालन गर्ने आवश्यक बजेट विनियोजन समेत गरिएको बताईन् ।

सामाजिक विकास मन्त्रालय बागमती प्रदेशका उपसचिव खुविराम अधिकारीले शिक्षा ऐनले प्रदेश सरकारलाई ऐच्छिक विषयको मात्र पाठ्यक्रम बनाउने अनुमति दिएकाले प्रदेश सरकारले अब बनाउने पाठ्यक्रममा विश्व स्तरीय प्रचलनका आधारमा कक्षागत रुपमा बृहत यौनिक शिक्षाललाई समावेश गरिने जानकारी दिए ।

सम्बन्धित समाचार

कांग्रेसको १५औं महाधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा अधिवेशन सम्पन्न
कांग्रेसको १५औं महाधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा अधिवेशन सम्पन्न
  • २०७७ आश्विन २३, १७: १९

काठमाडौं : नेपाली कांग्रेसको १५औं केन्द्रीय महाधिवेशन अन्तर्गत देशभर सञ्चालन भइरहेको वडा अधिवेशन प्रक्रिया उत्साहजनक रूपमा अघि बढेको छ ।...

परराष्ट्रमन्त्री खनाल न्युयोर्क प्रस्थान
परराष्ट्रमन्त्री खनाल न्युयोर्क प्रस्थान
  • २०७७ आश्विन २३, १७: १९

काठमाडौं : संयुक्त राष्ट्रसंघको ८१औं महासभामा नेपालको प्रतिनिधित्व गर्न परराष्ट्र मन्त्री शिशिर खनाल अमेरिकाको न्युयोर्क प्रस्थान गरेका छन् । खनाल...

एमाले पुनर्गठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै
एमाले पुनर्गठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै
  • २०७७ आश्विन २३, १७: १९

काठमाडौं : नेकपा एमालेभित्र पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण र पुनर्गठनका लागि गठित कार्यदलको एकीकृत प्रतिवेदन ल्याउन नेताहरूबीच सहमतिको प्रयास जारी...