तीन जिल्ला डुलेर फर्किएका पर्यटनमन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण – Naya Bikalpa
September 17, 2026, Thursday      Epaper

तीन जिल्ला डुलेर फर्किएका पर्यटनमन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण

नयाँ विकल्प,

काठमाडौं – सरकारका एक जना मन्त्रीलाई कोरोना संक्रमण पुष्टि भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेसकुमार भट्टराईलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

शुक्रबार हल्का ज्वरो आएपछि संक्रमणको आशंकापछि शनिबार बिहान कोरोना परिक्षण गराएका मन्त्री भट्टराईको रिपोर्ट पोजेटिभ आएको हो । सोमबार मात्र कोरोना भाइरसको परिक्षण गराएका भट्टराईको रिपोर्ट त्यसवेला नेगेटिभ आएको थियो ।

बुधबार हेलिकोप्टरमार्फत संखुवासभा, तेह्रथुम र ताप्लेजुङको भ्रमण गरेका उनीसँग गृहसचिव र शसस्त्र प्रहरीका महानिरिक्षक शैलेन्द्र खनाल समेत सँगै गएका थिए । मन्त्रीमा कोरोना देखिएसँगै गृहसचिव र सशस्त्रका महानिरिक्षक खनालसमते कन्ट्याक्ट ट्रेसिङमा परेका छन् ।

गत साता मात्र मन्त्री भट्टराईले बैतडीको पाटन, बझाङको चैनपुर र डोटीको दिपायल एयरपोर्टको भ्रमण गरेका थिए । बारम्बार देश दौडाहामा निस्कने मन्त्री भट्टराईले आफूसँगको सम्पर्कमा पछिल्लो साता आएका सबैलाई सचेत र सजगता अपनाउन आग्रह गरेका छन् ।

सम्बन्धित समाचार

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
  • २०७७ आश्विन २५, ११: ५१

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बिहीबार दिउँसो २ बजे...

कृष्णभीरमा बाटो खुल्यो
कृष्णभीरमा बाटो खुल्यो
  • २०७७ आश्विन २५, ११: ५१

काठमाडौं : कृष्णभीरमा भदौ १४ गते सडक भासिएपछि खोलिएको नयाँ ट्र्याक सञ्चालनमा आएको छ। भासिएको पुरानो सडकको केही माथिबाट खोलिएको...

अर्थमन्त्री वाग्ले आज भारत भ्रमणमा जाँदै, सीतारमण र जयशंकरसँग भेटवार्ता हुने
अर्थमन्त्री वाग्ले आज भारत भ्रमणमा जाँदै, सीतारमण र जयशंकरसँग भेटवार्ता हुने
  • २०७७ आश्विन २५, ११: ५१

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा आज तीनदिने भारत भ्रमणमा जाँदैछन्। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उनको भारत...