सर्बोच्च अदालत कात्तिक १५ सम्म बन्द, बन्दी प्रत्याक्षीकरणबाहेक सबै सेवा स्थगित – Naya Bikalpa
September 6, 2026, Sunday      Epaper

सर्बोच्च अदालत कात्तिक १५ सम्म बन्द, बन्दी प्रत्याक्षीकरणबाहेक सबै सेवा स्थगित

नयाँं विकल्प

काठमाडौं – न्यायाधीश तथा कर्मचारीहरुमा कोरोना संक्रमण देखिएपछि सर्बोच्च अदालत काात्तिक १५ गतेसम्म बन्द हुने भएको छ। सर्बोच्च अदालतले बन्दी प्रत्याक्षीकरण र थुनछेक बाहेकका सबै पेशी असोज ३० सम्मका लागि स्थागित गरेको जनाएको छ।

सर्बोच्चले यस अघि असोज ३० सम्म जारी गरेका सबै साप्तहिक पेशी स्थगित गरेको जनाएको छ। असोज ३० सम्म स्थागित भनिए पनि यो कात्तिकसम्मको अवधी हो । कात्तिक १ गते घटस्थापना भएको र सो दिनदेखि अदालतमा दशैं विदा शुरु हुने भएकोले अब अदालतमा दशै बिदापछि मात्र पेशी चढ्ने भएका छन् ।

अरु सरकारी कार्यालय फुलपातीका दिनदेखि बन्द हुने भएपनि अदालत घटस्थापानादेखि नै बिदा हुने चलन छ। त्यसैगरी अरु सरकारी कार्यलय टीकाको दोस्रो दिनपछि खुल्ने भएपनि अदालत भने कोजाग्रत पूर्णीमापछि मात्र खुुल्दछन् ।

सर्बोच्च अदालतमा जम्मा तीन ईजालास मात्र अाइतबार ताेकिएका छन् । ती सबै बन्दी प्रत्याक्षीकरण र थुनछेक बहसका छन् । दीपककुमार कार्की, सुष्मालता माथेमा, वमकुमार श्रेष्ठ र प्रकाशकुमार ढुंगानाको इजालास मात्र तोकिएको छ।

सम्बन्धित समाचार

नेपाल एसिसी प्रिमियर कपको सेमिफाइनलमा
नेपाल एसिसी प्रिमियर कपको सेमिफाइनलमा
  • २०७७ आश्विन २५, ११: ५०

काठमाडौं : नेपाल एसिसी प्रिमियर लिग २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । समूह ‘ए’ मा लगातार तेस्रो जित निकाल्दै...

कांग्रेस सभापति गगन थापा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता
कांग्रेस सभापति गगन थापा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता
  • २०७७ आश्विन २५, ११: ५०

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता भएको छ । भेटका क्रममा दुई नेताबीच कांग्रेसभित्र देखिएको...

रसुवामा हैजाविरुद्धको २१ हजार डोज खोप पठाइयो
रसुवामा हैजाविरुद्धको २१ हजार डोज खोप पठाइयो
  • २०७७ आश्विन २५, ११: ५०

काठमाडौं : विनाशकारी बाढीपछि हैजाको जोखिम बढेपछि रसुवामा हैजाविरुद्धको २१ हजार डोज खोप पठाइएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को...