सर्बोच्च अदालत कात्तिक १५ सम्म बन्द, बन्दी प्रत्याक्षीकरणबाहेक सबै सेवा स्थगित – Naya Bikalpa
October 14, 2026, Wednesday      Epaper

सर्बोच्च अदालत कात्तिक १५ सम्म बन्द, बन्दी प्रत्याक्षीकरणबाहेक सबै सेवा स्थगित

नयाँं विकल्प

काठमाडौं – न्यायाधीश तथा कर्मचारीहरुमा कोरोना संक्रमण देखिएपछि सर्बोच्च अदालत काात्तिक १५ गतेसम्म बन्द हुने भएको छ। सर्बोच्च अदालतले बन्दी प्रत्याक्षीकरण र थुनछेक बाहेकका सबै पेशी असोज ३० सम्मका लागि स्थागित गरेको जनाएको छ।

सर्बोच्चले यस अघि असोज ३० सम्म जारी गरेका सबै साप्तहिक पेशी स्थगित गरेको जनाएको छ। असोज ३० सम्म स्थागित भनिए पनि यो कात्तिकसम्मको अवधी हो । कात्तिक १ गते घटस्थापना भएको र सो दिनदेखि अदालतमा दशैं विदा शुरु हुने भएकोले अब अदालतमा दशै बिदापछि मात्र पेशी चढ्ने भएका छन् ।

अरु सरकारी कार्यालय फुलपातीका दिनदेखि बन्द हुने भएपनि अदालत घटस्थापानादेखि नै बिदा हुने चलन छ। त्यसैगरी अरु सरकारी कार्यलय टीकाको दोस्रो दिनपछि खुल्ने भएपनि अदालत भने कोजाग्रत पूर्णीमापछि मात्र खुुल्दछन् ।

सर्बोच्च अदालतमा जम्मा तीन ईजालास मात्र अाइतबार ताेकिएका छन् । ती सबै बन्दी प्रत्याक्षीकरण र थुनछेक बहसका छन् । दीपककुमार कार्की, सुष्मालता माथेमा, वमकुमार श्रेष्ठ र प्रकाशकुमार ढुंगानाको इजालास मात्र तोकिएको छ।

सम्बन्धित समाचार

प्रस्तावित राजदूतमध्ये १० जनाको नाम अनुमोदन, साउदीका लागि प्रस्तावित राजदूत सुनारको अस्वीकृत
प्रस्तावित राजदूतमध्ये १० जनाको नाम अनुमोदन, साउदीका लागि प्रस्तावित राजदूत सुनारको अस्वीकृत
  • २०७७ आश्विन २५, ११: ५०

काठमाडौं : विभिन्न देशका लागि सरकारले प्रस्ताव गरेका १३ जना राजदूतमध्ये १० जनाको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको छ...

रास्वपाका सुरूंगा नगर सभापति हुसेन लागूऔषध मुद्दामा पक्राउ
रास्वपाका सुरूंगा नगर सभापति हुसेन लागूऔषध मुद्दामा पक्राउ
  • २०७७ आश्विन २५, ११: ५०

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सप्तरीको सुरूंगा नगरपालिका सभापति साविर हुसेन पक्राउ परेका छन् । हुसेनलाई बुधवार लागू औषध...

गृहमन्त्री गुरुङ र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता
गृहमन्त्री गुरुङ र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता
  • २०७७ आश्विन २५, ११: ५०

काठमाडौं : गृहमन्त्री सुधन गुरुङ र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच बुधबार भेटवार्ता भएको छ । गृहमन्त्रीस्तरीय बिमस्टेक बैठकमा सहभागी हुन...