ओलीले बस्नेतलाई भने ‘मन्त्री नखोज्नुस,बरु बजेट लानुस् , सरकारमा गोकुललाई ल्याउँछु’ – Naya Bikalpa
September 8, 2026, Tuesday      Epaper

ओलीले बस्नेतलाई भने ‘मन्त्री नखोज्नुस,बरु बजेट लानुस् , सरकारमा गोकुललाई ल्याउँछु’

नयाँ विकल्प

काठमाडौं – गत सातादेखि मन्त्रिपरिषद पुनर्गठन हुदा चर्चामा आएको नाम हो महेश बस्नेत। उनलाई भावी संचारमन्त्रीका रुपमा समेत कतिपयले अनुमान गरेका थिए। उनको नाम चर्चामा आएपछि बस्नेतपनि चुप लागेर बसेनन् ।

उनी अध्यक्ष पुस्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालको निवास पुगेर आफुलाई मन्त्री बनाउनका लागि सहयोग गर्न सर्बैसँग अनुरोध गरे। बस्नेतले यस्तो अनुरोध गरेपछि खनाल र नेपालले मुन्टो हल्लाएर उनलाई फर्काएका थिए।

तर अध्यक्ष प्रचण्डले भने आफुले प्रधानमन्त्री केपी शर्मा ओलीसंग यस बिषयमा कुरा गर्ने आश्वासन दिएर फर्काएका थिए। महेश बस्नेतको प्रधानमन्त्री ओलीसँग सोझो सम्पर्क हुने गरेको छ। तर प्रचण्डले ओलीसंगको भेटमा महेशलाई पनि सरकारमा सामेल गर्ने प्रस्ताव आएपछि ओली मुस्कुराएका थिए।

उनले बस्नेतमाथि गर्दै आएका विश्वासमा समेत अनेक शंका गरेको स्रोतले बतायो। कुनै बेला माओवादी निकट वाईसिएल विरुद्ध भौतिक रुपमानै मैदानमा उत्रिएका बस्नेतको प्रस्ताव प्रचण्डको मुखबाट आउनु प्रधानमन्त्री ओलीका लागि अनौठो थियो।

उनले प्रचण्डलाई तत्काल महेशलाई मन्त्री बनाउन सक्ने अवस्था नभएको जवाफ दिएका थिए। यो सूचना पाएपछि महेश दौडिएर प्रधानमन्त्री निवास बालुवाटार पुगे। उनले ओलीलाई भेटेर आफुलाई अब बिस्तार हुने मन्त्रिपरिषदमा सामेल गर्न समेत अनुरोध गरेका थिए।

तर ओेली सकारात्मक नदेखिएको स्रोतले बतायो। ‘ तपाईलाई अहिले भक्तपुरमा मागे जति बजेट लानुस, तर मन्त्री नमाग्नुुस’ प्रधानमन्त्री ओलीको भनाई उदृत गर्दै स्रोतले भन्यो।

ओलीले तत्कालीन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख नविन घिमिरेबाट पूर्व संचारमन्त्री गोकुल बास्कोटालाई धोका भएको भन्दै उनलाई न्याया दिलाउनका लागि मन्त्रिमण्डलमा सामेल गर्ने जबाफ दिएका थिए।

उनले नविन घिमिरेले गोकुलको मुद्धा तामेल नगरी बिदा भएको पनि बस्नेतसंग गुनासो गरेको स्रोतले बतायो।

सम्बन्धित समाचार

बाढीपीडित महिला र बालबालिकालाई महिला सङ्घको प्रथमिकता
बाढीपीडित महिला र बालबालिकालाई महिला सङ्घको प्रथमिकता
  • २०७७ आश्विन २५, १२: २६

काठमाडौं : भोटेकोशी बाढीका कारण विस्थापित भएका महिला र बालबालिकालाई नेपाल महिला सङ्घले राहतका लागि प्राथमिकता दिएको छ । सङ्घले...

भोटेकोशी बाढीः हालसम्म १३ हजार ३९६ को उद्धार
भोटेकोशी बाढीः हालसम्म १३ हजार ३९६ को उद्धार
  • २०७७ आश्विन २५, १२: २६

काठमाडौं : रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा सञ्चालन गरिएको खोज तथा उद्धार अभियानबाट हालसम्म...

प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब
प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब
  • २०७७ आश्विन २५, १२: २६

काठमाडौं : प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९ बजेसम्म...