

नयाँ विकल्प,
बुटवल – यसै साता प्रदेश ५ को नाम लुम्बिनी प्रदेश नामकरण गर्ने प्रदेश ५ को प्रदेश सभाको निर्णयप्रति मगर समुदायको छाता संगठन नेपाल मगर संघ र जनता समाजवादी पार्टी निकटको मगरात संयुक्त संघर्ष समितिले आपत्ति जनाएका छन् ।
उनीहरुले प्रदेशको नाम ‘मगरात लुम्बिनी’ राख्न माग गरेका छन् । लुम्बिनी नामाकरण ‘महेन्द्रकालीन’ भएको टिप्पणी गर्दै मगर संघ अध्यक्ष नवीन रोका मगर र मगरात संयुक्त संघर्ष समितिका संयोजक बोम दर्लामी मगरले संयुक्तरुपमा विज्ञप्ति जारी गरी आपत्ति जनाएका हुन् ।
प्रदेशको नाम लुम्बिनी राखिनु मगरातबासी जनताको चाहना, नेपालको संविधान र संघीयताको मर्म विपरीत भएको भन्दै उनीहरुले कुनै धार्मिक पहिचानका आधारमा सीमित भएर ‘लुम्बिनी’ नामाकरण गरिएकोले ऐतिहासिक मानव पहिचान र सभ्यताको आधारमा ‘मगरात–लुम्बिनी’ नामाकरण गर्न माग गरेका छन् ।
आफूहरुको मागलाई बेवास्ता गरिएमा साविकका प्रदेश न। ४, ५ र ६ को ऐतिहासिक मगरात भूगोललाई समेट्ने गरी एकीकृत मगरात स्वायत्त प्रदेश निर्माणका लागि सशक्त आन्दोलन गर्न वाध्य हुने चेतावनीसमेत ति संगठनले दिएका छन् ।
प्रदेशसभाको अंक गणितले पारित गरेपनि प्रदेशको जनसंख्याको ठूलो हिस्सा ओगटेको मगर र थारु समुदायले लम्बिनी नामप्रति अपनत्व लिन नसक्ने भन्दै उनीहरुले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा ‘आदिवासी जनजाति समुदायको पहिचान र अस्तित्व मेटाउने निर्णयविरुद्ध आन्दोलन गरिने छ’ भनिएको छ ।
संघीयताको नाममा मगर समुदायको ऐतिहासिक भूगोल, सघन बसोबास रहेको मगरात भूमिलाई तीन वटा प्रदेश ४, ५ र ६ मा विभाजन गरिएको भन्दै उनीहरुले आपत्ति जनाएका छन् ।
प्रदेश सरकारको प्रस्ताव अनुसार प्रदेश ५ को नाम ‘लुम्बिनी’ र प्रदेशको स्थायी राजधानी दाङको भालुवाङ क्षेत्रलाई प्रदेश सभाले दुई तिहाइ बहुमतले पारित गरेको थियो ।
काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बिहीबार दिउँसो २ बजे...
काठमाडौं : कृष्णभीरमा भदौ १४ गते सडक भासिएपछि खोलिएको नयाँ ट्र्याक सञ्चालनमा आएको छ। भासिएको पुरानो सडकको केही माथिबाट खोलिएको...
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा आज तीनदिने भारत भ्रमणमा जाँदैछन्। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उनको भारत...