
नयाँ विकल्प,
काठमाडौं – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीबिरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने प्रदेशसभा सदस्यलाई त्यसको पक्षमा नलाग्न नेकपाका बरिष्ठ नेता माधवकुमार नेपालले दबाब दिएका छन् ।
प्रदेश सभाका ४० सदस्यमध्ये नेकपाका ३३ सदस्य छन् । मुख्यमन्त्री शाहीविरुद्ध १८ सदस्यले हस्ताक्षर गरी अविश्वासको प्रस्ताव आइतबार दर्तां गराएपछि संसदीय दलका प्रमुख सचेतक गुलाफजंग शाहले आज मंगलबारको लागि सो. प्रस्तावमा छलफल गर्न बैठक बोलाएका थिए ।
आफूसँग सल्लाह नगरी बैठक बोलाएको भन्दै मुख्यमन्त्री शाहीले मुख्यसचेतकबाट शाहलाई हटाएर सीताकुमारी नेपालीलाई ल्याएका छन् । मुख्यमन्त्री शाहीलाई पदबाट हटाउने मनसायले ल्याइएको अविश्वासको प्रस्तावको पक्षमा हस्ताक्षर गर्नेमध्ये सात सदस्य नेपाल पक्षका छन् ।
नेता नेपालले तत्काल मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन नहुने भन्दै प्रस्तावको पक्षमा हस्ताक्षर गर्ने आफूपक्षधर सदस्यलाई दबाब दिएपछि मुख्यमन्त्री शाहीले राहत महसुस गरेका छन् । नेकपाका ३३ सदस्यमध्ये २० जना पूर्वएमाले पक्षधर छन् ।
अविश्वासको प्रस्ताव दर्ता गराउँदा हस्ताक्षर गर्ने १८ जनामा तीन जना पूर्वंमाओवादी पक्षधर छन् भने १५ जना पूर्वएमाले पक्षधर छन् । हस्ताक्षर गर्ने पूर्वएमाले पक्षधरमा तीन जना नेता नेपाल पक्षका छन् ।
नेपाल पक्षका प्रदेश सभा सदस्यहरु शाहीबिरुद्धको प्रस्तावबाट पछि हटेमा मुख्यमन्त्री शाहीको जागिर जोगिने निश्चित छ । त्यसैले मुख्यमन्त्री शाहीको निर्देशनमा नवनियुक्त मुख्य सचेतक सीताकुमारी नेपालीले आगामी कात्तिक १७ गतेको लागि प्रदेश सभा संसदीय दलको बैठक बोलाएकी छन् ।
नेकपाको कर्णाली प्रदेशसभा संसदीय दलमा मुख्यमन्त्रीबिरुद्ध नै अविश्वासको प्रस्ताव दर्ता भएपछि उत्पन्न बिबाद र भाँडभैलोले सत्तारुढ नेकपाको केन्द्रीय राजनीति नै तरंगित भएको छ ।
अधिकांस पूर्वएमाले पृष्ठभूमिका प्रदेश सभा सदस्यले मुख्यमन्त्री शाहीबिरुद्ध आइतबार संसदीय दलका प्रमुख सचेतकलाई संवोधन गरी अविश्वासको प्रस्ताव दर्ता गरेपछि शाहीले दलको बैठक आज मंगलबार दिउँसो १ बजेका लागि बोलाएका थिए ।
सो बैठकमा नजान पूर्वएमाले पक्षधरका नेपाल समूहका सदस्यलाईं नेता नेपालले फोन गरेरै दबाब दिएको स्रोतले बतायो । कर्णाली प्रदेशमा पूर्वएमालेका २० प्रदेश सभा सदस्यहरुमध्ये १२ जना केपी शर्मा ओली पक्षका र ८ जना नेपाल पक्षका छन् ।
मंगलबार दिउँसो १ बजेको लागि निवर्तमान प्रमुख सचेतकले बोलाएको बैठकमा जाने वा नजाने भन्ने विषयमा नेकपाको कर्णाली प्रदेशका पूर्वएमाले पक्षधर सदस्यहरुबीच अहिले बीरेन्द्रनगरमा अनौपचारिक छलफल चलिरहेको छ ।
कर्णाली प्रदेश सरकारमा नेता नेपाल पक्षका सांसद प्रकाश ज्वाला प्रदेश अर्थ मन्त्रीको भूमिकामा रहेका छन् ।
पूर्वमाओवादी पृष्ठभूमिका प्रदेश सभा सदस्यले समेत साथ दिएपछि ओली पक्षधर प्रदेश सभा सदस्य यामलाल कँडेलले हौसिएर मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्तां गराएका थिए ।
शाहीविरुद्ध उपसभामुख समेत रहेकी पूर्वमाओवादी सदस्य पुष्पा घर्ती विष्ट, धर्मराज रेग्मी र दानसिंह परियारले समेत हस्ताक्षर गरेका छन् ।
काठमाडौं : नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा आयोजित सम्पादक तथा प्रकाशकहरूको भेलाबाट गठन गरिएको छापामाध्यम सुझाव कार्यदलले दिएको सात बुँदे...
काठमाडौं : लोककल्याणकारी विज्ञापनबापत छापा माध्यमले प्राप्त गर्दै आएको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं...
काठमाडौं : संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कार्य संयोजन समितिको बैठकले रसुवामा आएको प्रलयकारी...