तुहियो कर्णालीमा मुख्यमन्त्रीविरूद्धकाे अविश्वासको प्रस्ताव, नेपाल पक्षले मन्त्रीसँग साटेको आरोप – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

तुहियो कर्णालीमा मुख्यमन्त्रीविरूद्धकाे अविश्वासको प्रस्ताव, नेपाल पक्षले मन्त्रीसँग साटेको आरोप

नयाँ विकल्प,

काठमाडौं – माधव नेपाल पक्षका ७ प्रदेशसभा सदस्यहरुले हस्ताक्षर फिर्ता लिएपछि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही विरुद्धको अविश्वासको प्रस्ताव बिचमै तुहिएको छ।

नेकपाका केन्द्रीय सदस्य निरज आचार्य नेतृत्वको टोलीले सुर्खेत पुगेर अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने वरिष्ठ नेता माधवकुमार नेपाल समूहका प्रदेश सभा सदस्यहरुलाई अविश्वासको प्रस्तावका लागि गरेको हस्ताक्षर फिर्ता लिन र आजको बैठकमा नजान सुझाव दिएपछि नेपाल समूहका ७ जना हस्ताक्षरकर्ताहरु बैठकमा गएनन् ।

उनीहरु बैठकमा सहभागी नभएपछि शाहीविरुद्धको प्रस्ताव तुहिएको छे । केन्दीय सदस्य आचार्यले छलफलपछि बैठकमा सहभागि नहुने निर्णय गरेको जानकारी नयाँ विकल्पलाई दिए। स्रोतका अनुसार मुख्यमन्त्री शाहीले एक दुई दिनभित्रै मन्त्रिमण्डल पुनर्गठन गर्ने प्रतिवद्धता गरेका छन् ।

त्यसक्रममा माधव नेपाल पक्षलाई तीनवटा मन्त्री दिने तयारी भएको छ । हस्ताक्षर गरेर बैठकमा नजाने सभासदहरुमा अमर बहादुर थापा , देवी ओली, करबीर शाही, कुर्मराज शााही, पद्मा खड्का, शुसिल थापा, पदमबहादुर रोकाय छन् ।

शाही विरुद्धको अविश्वासको प्रस्ताव तुहिने भएपछि कर्णालीमा मन्त्रीसंग नेपालपक्षले अविश्वासको प्रस्ताव साटेको आरोप लगाएका छन् । अविश्वासकाे प्रस्तावकाे पक्षमा हस्ताक्षर नै गरेका कुर्मराज शाहीलाइ मुख्यमन्त्री शाहीले सचेतकमा नियुक्त गरेका छन् ।

प्रदेशसभामा सत्तारूढ दलकी सचेतक सीताकुमारी नेपालीलाइ प्रमुख सचेतकमा नियुक्त गरिएपछि रिक्त सचेतक पदमा कुर्मराज शाहीलाइ मुख्यमन्त्री समेत रहेका नेकपा संसदीय दलका नेता शाहीले नियुक्त गरेका हुन् ।

सम्बन्धित समाचार

धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
  • २०७७ आश्विन २७, १४: ३०

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...

सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
  • २०७७ आश्विन २७, १४: ३०

काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०७७ आश्विन २७, १४: ३०

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...