अविश्वास प्रस्तावको औचित्य जीवित छ, सचेतक र मन्त्री बाँड्ने घटनाले ०५४ को सुरा–सुन्दरी काण्ड सम्झायो – Naya Bikalpa
September 13, 2026, Sunday      Epaper
कर्णाली प्रदेशको अविश्वास प्रस्तावका प्रस्तावक यमलाल कँडेल

अविश्वास प्रस्तावको औचित्य जीवित छ, सचेतक र मन्त्री बाँड्ने घटनाले ०५४ को सुरा–सुन्दरी काण्ड सम्झायो

नयाँ विकल्प,

काठमाडौं – कर्णाली प्रदेशमा मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावका मुख्य प्रस्ताव यमलाल कँडेलले त्यसको औचित्य कायमै रहेको र त्यसमा छलफल हुने दावी गरेका छन् ।

सुर्खेतमा रहेका उनले बुधबार नयाँं विकल्प डटकमसँग टेलिफाेनमा कुरा गर्दै पद र प्रतिष्ठा बाँडेर त्यसलाई असफल पार्ने प्रयास गरेको बताए। विगतका अभ्यासले समाजमा नकारात्मक असर पारेकोले आफुले पद र प्रतिष्ठलाई महत्व नदिई यस्तो प्रस्ताव तयार गरेको बताए।

‘हामीले बैधानिक हिसाबबाट पार्टी भित्र आन्तरिक लोकतान्त्रि अभ्यास गरेको हो, तर हस्ताक्षर कर्ताहरुलाई पद र प्रतिष्ठा दिएर बिषयन्तर गर्न खोजियो ’ उनले भने। कँडेलले आफुहहरुले दर्ता गरेर मुख्यमन्त्रीलाई प्रस्ताव बुझाएको तर सो लगतै प्रमुख सचेताकलाई हटाएर नयाँं नियुक्ति गर्ने कुरा विधिसम्मत नभएको दावी गरे।

हस्ताक्षर गरेर फिर्ता लिएँ भन्ने माननीयहरुसँग आफु मंगलबार ४ बजेसम्म निरन्तर छलफलमा रहेको र फिर्ता लिनुभएको हो भनेर सोध्दा ‘मुुसुमुसु हाँसेको’ उनले बताए।

कँडेलले आफुहरुलाई प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहालले छलफलका लागि काठमाडौ बोलाएको र अविश्वासको प्रस्ताव यथास्थितिमा स्थागित गर्न मात्र भनेकोले यो रद्ध भएको भन्ने बेकारको कुरा भएको दाबी गरे ।

कँडेलले भने ‘ छलफल गर्ने स्थान र पात्र मात्र बदलिएको हो कुरा एउटै हो’। उनले सुर्खेतमा माननीयबीच छलफल हुने भएपनि अब काठमाडौमा फरक पात्रबीच छलफल हुने बताए।

हस्ताक्षरकर्ता माननीयलाई पद र प्रतिष्ठा दिएर फकाउन खोज्ने घटनाले ०५४ सालको प्रतिनिधिसभामा प्रस्तावसँगै सुरा सुन्दरी काण्ड सम्झाएको बताए ।

सम्बन्धित समाचार

१४औं महाअधिवेशनका इतरपक्षका केन्द्रीय सदस्यहरुलाई केन्द्रीय सदस्य सरहको हैसियत मात्रै प्रदान
१४औं महाअधिवेशनका इतरपक्षका केन्द्रीय सदस्यहरुलाई केन्द्रीय सदस्य सरहको हैसियत मात्रै प्रदान
  • २०७७ आश्विन २८, ११: ५०

काठमाडौं : नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनमा स्वदेश तथा विदेशमा रहेका सबै क्रियाशील सदस्य, समर्थक र शुभेच्छुकलाई उत्साहपूर्वक सहभागी हुन...

पत्रकारिता क्षेत्रलाई संकटमा पार्ने कुनै पनि निर्णय स्वीकार्य छैन : कांग्रेस सभापति थापा
पत्रकारिता क्षेत्रलाई संकटमा पार्ने कुनै पनि निर्णय स्वीकार्य छैन : कांग्रेस सभापति थापा
  • २०७७ आश्विन २८, ११: ५०

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले स्वतन्त्र प्रेस समस्यामा पर्दा त्यसको प्रत्यक्ष असर लोकतान्त्रिक व्यवस्थामाथि पर्ने भएका कारण त्यसको...

कृष्णभीरमा एकतर्फी यातायात सुचारु
कृष्णभीरमा एकतर्फी यातायात सुचारु
  • २०७७ आश्विन २८, ११: ५०

काठमाडौं : पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा एकतर्फी यातायात सुचारु भएको छ । सडकको अवस्था परीक्षण गर्न ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालनमा...