रक्षामन्त्रीबाट पोखरेल हटाइए, अर्थ मन्त्रीमा विष्णु पौडेल, शहरीमा कृष्णगाेपाल र महिलामा लिलानाथ – Naya Bikalpa
September 24, 2026, Thursday      Epaper

रक्षामन्त्रीबाट पोखरेल हटाइए, अर्थ मन्त्रीमा विष्णु पौडेल, शहरीमा कृष्णगाेपाल र महिलामा लिलानाथ


नयाँ विकल्प
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले उपप्रधानमन्त्रीसमेत रहेका रक्षा मन्त्री ईश्वर पोखरेललाई रक्षा मन्त्रालयबाट हटाएका छन् ।

प्रधानमन्त्री ओलीले मौजुदा मन्त्रिपरिषद्मा तीन जना नयाँ मन्त्री थप्ने पनि थपेका छन् । रक्षाबाट इश्वरलाई हटाएर ओली आफैले सो मन्त्रालय लिएका छन् ।

प्रधानमन्त्री ओलीले प्रधानमन्त्री भएपछि यो मन्त्रिपरिषद् हेरफेर १२ पटक हो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार अर्थ मन्त्रालयमा विष्णु पौडेल, सहरी विकासमा कृष्णगोपाल श्रेष्ठ र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सिराहका लीलानाथ श्रेष्ठलाई नियुक्त गरेका छन् ।

महिला मन्त्रीमा नियुक्त भएका सिरहाका श्रेष्ठ २०७० सालको संसदीय निर्वाचनमा सिरहा ५ मा तत्कालिन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालसँग झिनो मतले पराजित भएका थिए ।

रिक्त रहेको सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा पार्वत गुरूङलाई नियुक्त गरेका छन् । गुरुङ यसअघि महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थिए ।

तीनै जना मन्त्रीलाई प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार नियुक्त गरेकी हुन् । मन्त्रीहरु नियुक्त गर्नुअघि प्रधानमन्त्री ओलीले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसाग बुधबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा साढे दुई घण्टा छलफल गरेका थिए ।

मन्त्रिपरिषद्मा व्यापक फेरबदल गर्ने भनिए पनि पूर्वमाओबादीबाट कोही पनि थपिएनन र कोही पनि निकालिएनन् । प्रधानमन्त्री ओलीले एक महिनाअघि नै सचिवालय बैठकमा मन्त्रिपरिषद्मा व्यापक फेरवदन गर्ने जनाएका थिए ।

सम्बन्धित समाचार

प्रमुख नदीमा जलसतह बढ्ने पूर्वानुमान
प्रमुख नदीमा जलसतह बढ्ने पूर्वानुमान
  • २०७७ आश्विन २८, १८: २२

काठमाडौं : आजदेखि आगामी पाँच दिनसम्म मुलुकको प्रमुख नदीमा जलसतह बढ्ने पूर्वानुमान गरिएको छ । जल तथा ऊर्जा आयोगको सचिवालयअन्तर्गतको...

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
  • २०७७ आश्विन २८, १८: २२

काठमाडौं : नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा ३ हजार २ सय रुपैयाँले घटेर तोलामा...

प्रधानमन्त्री राहत कोषमा १५ अर्ब नाघ्यो
प्रधानमन्त्री राहत कोषमा १५ अर्ब नाघ्यो
  • २०७७ आश्विन २८, १८: २२

काठमाडौं : रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्नेक्रम जारी छ । हालसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...