ईश्वरलाई ‘भर्‍याङमुनिको बास’, पौडेललाई पुरस्कार र ‘प्रचण्डका झगडीया’ लाई महिला मन्त्री – Naya Bikalpa
September 6, 2026, Sunday      Epaper
मन्त्रिमण्डल बिस्तार गर्दा इश्वरकाे तिरस्कारः विष्णुलाइ पुरस्कार

ईश्वरलाई ‘भर्‍याङमुनिको बास’, पौडेललाई पुरस्कार र ‘प्रचण्डका झगडीया’ लाई महिला मन्त्री

नयाँ विकल्प,

काठमाडौ – बुधबार थपिएका मन्त्री फरक फरक चरित्रका छन् । थपिएका अधिकांसलाई पुरस्कार पाए जस्तो भएको छ भने उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेललाई महलबाट भर्याङमुनि सारे जस्तो भएको छ।

रक्षामन्त्रालय खोसेर दिइएको प्रधानमन्त्री कार्यालयको जिम्मेवारी सम्मान हो कि मानमर्दन ? यसको भेऊ स्वयं पोखरेलले नै पाएका छैनन् ।

थपिएका मन्त्री मध्ये महिला बाल बालिका तथा जेष्ठ नागरिक मन्त्री लिलानाथ श्रेष्ठ कुनै बेला नेकपा अध्यक्ष पुस्पकमल दाहालका झगडीय हुन्। सिराह क्षेत्र नं २ बाट प्रचण्डसंँग २०७० सालमा चुनाव लडेका उनी आफुलाई धाँधली गरेर हराईयो भनेर निर्वाचन आयोगदेखि अदालत सम्म धाए।

तत्कालीन एमाले अध्यक्ष झलनाथ खनालले राजदूत लगायत केही राजनीतिक नियुक्ति दिने अश्वासनपछि श्रेष्ठ चुप लागेका थिए।

नेकपाका महासचिव विष्णुु पौडेल सबैले अनुमान गरे अनुसारनै अर्थमन्त्री बनेका छन् । जनताले बुझ्ने भाषामा विगतमा बजेट ल्याएर अर्थमन्त्री सम्हालेको उनको अनुभव छ। अध्यक्ष प्रचण्डको रोजाईमा अर्थमन्त्रीको लाईनमा उपाध्यक्ष बामदेव गौतम भएपनि ओलीले पाैडेललाई पुरस्कृत गरेका छन् ।

लुम्बिनी प्रदेशको राजधानी दाङ लगेपछि उनलाई आँंसुपुछनीका रुपमा समेत अर्थमन्त्रीको पदलाई लिएको छ। यस अघि रक्षामन्त्री रहेका ईश्वर पोखरेल बेला बेलामा पार्टी भित्र राजनीतिक झड्काको शिकार हुने गरेका छन् । कतिपयले यसलाई उनको ब्यक्तिगत स्वभावसंग समेत तुलना गर्दैछन् ।

बुधबार गरिएको मन्त्रिपरिषद हेरफेरमा उपप्रधानमन्त्री पोखरेलको रक्षामन्त्री पद खोसिएको प्रष्टै छ । र, कार्यविभाजनमा ‘प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय’ लेखिएको छ । रक्षामन्त्रालय खोसेर दिइएको प्रधानमन्त्री कार्यालयको जिम्मेवारी सम्मान हो कि मानमर्दन ? यसको भेऊ स्वयं पोखरेलले नै पाएका छैनन् ।

पोखरेलका समर्थकले यसलाई सम्मान भन्ने गरेका छन् भने आलोचकले मानमर्दन। राजनीतिक मामिलाका जानकारहरुका अनुसार प्रधानमन्त्रीय प्रणालीमा ‘मन्त्रिपरिषदको समग्र कामको संयोजन गर्ने’ काम प्रधानमन्त्रीबाटै हुन्छ ।

यसबाहेक, उपप्रधानमन्त्री पद भनेको आफैंमा कुनै ठोस जिम्मेवारी होइन । त्यसैले उपप्रधानमन्त्रीले कुनै न कुनै मन्त्रालयलाई आफ्नो च्याम्बर बनाउँछ र प्रधानमन्त्री विदेश गएका बेलामा वा विदामा रहेका बेला बरिष्ठतम उपप्रधानमन्त्री कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी निर्वाह गर्छ ।

यसबाहेक उपप्रधानमन्त्रीको बेग्लै च्याम्बर हुँदैन । उपप्रधानमन्त्रीको बेग्लै च्याम्बर र जिम्मेवारी नहुने भएकैले पोखरेल रक्षामन्त्रीको कुर्सीमा बस्दै आएका थिए । अब उनले त्यो कुर्सीमा बस्न मिल्दैन । उनले बस्ने भनेको सूर्य थापा, विष्णु रिमालहरुसँगै हो । भलै उनको हैसियत र सुविधाचाहिँ उपप्रधानमन्त्री सरहको हुनेछ । यसलाई राजनीतिमा ‘भर्याङमुनिको बास’ भनेर बुझ्ने गरिन्छ ।

सम्बन्धित समाचार

कार्यदलको सातबुँदे सुझावपछि महासंघले लोककल्याणकारी विज्ञापनको भुक्तानी बिल नबुझाउन ७ प्रदेश, ७७ जिल्लालाई पठायो सर्कुलर
कार्यदलको सातबुँदे सुझावपछि महासंघले लोककल्याणकारी विज्ञापनको भुक्तानी बिल नबुझाउन ७ प्रदेश, ७७ जिल्लालाई पठायो सर्कुलर
  • २०७७ आश्विन २९, १२: ०३

काठमाडौं : नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा आयोजित सम्पादक तथा प्रकाशकहरूको भेलाबाट गठन गरिएको छापामाध्यम सुझाव कार्यदलले दिएको सात बुँदे...

विज्ञापन कटौती नसच्याए सरकारविरुद्ध छापा माध्यम सडकमा उत्रिने, दवाडीको संयोजकत्वमा छापा माध्यम बचाउ कार्यदल गठन
विज्ञापन कटौती नसच्याए सरकारविरुद्ध छापा माध्यम सडकमा उत्रिने, दवाडीको संयोजकत्वमा छापा माध्यम बचाउ कार्यदल गठन
  • २०७७ आश्विन २९, १२: ०३

काठमाडौं : लोककल्याणकारी विज्ञापनबापत छापा माध्यमले प्राप्त गर्दै आएको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं...

रसुवाको बाढीबारे नेकपाको २४ बुँदे प्रस्ताव पारित
रसुवाको बाढीबारे नेकपाको २४ बुँदे प्रस्ताव पारित
  • २०७७ आश्विन २९, १२: ०३

काठमाडौं : संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कार्य संयोजन समितिको बैठकले रसुवामा आएको प्रलयकारी...