नव नियुक्त तीन मन्त्रीले लिए सपथ – Naya Bikalpa
September 21, 2026, Monday      Epaper

नव नियुक्त तीन मन्त्रीले लिए सपथ


नयाँ विकल्प,

काठमाडौं – नवनियुक्त तीन जना मन्त्री विष्णु पौडेल, कृष्ण गोपाल श्रेष्ठ र लिलानाथ श्रेष्ठले बिहीबार बिहान पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

राष्ट्रपति निवास शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थको जिम्मेवारी पाएका विष्णु पौडेल, शहरी विकासको जिम्मेवारी पाएका कृष्णगोपाल श्रेष्ठ र महिला वालवालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी पाएका लिलानाथ श्रेष्ठलाई पद तथा गोपनियताको शपथ गराएकी हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार तीनै जनालाई मन्त्रीमा नियुक्त गरेका थिए । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले बिहीबार नै उनीहरुलाई मन्त्री नियुक्त गरेकी थिइन् ।

अर्थमन्त्रीको जिम्मेवारी पाएका पौडेल नेकपाका महासचिव हुन् । उनी बालुवाटारको सरकारी जग्गा अपचलन प्रकरणमा मुछिएका व्यक्ति हुन् । पौडेललाई अर्थ मन्त्री बनाउने सर्तमा एक साताअघि लुम्विनी प्रदेशको स्थायी राजधानी बुटबलबाट दाङमा सारिएको चर्चा सत्तारुढ नेकपामा रहेको छ ।

सम्बन्धित समाचार

एन्फाका कोषाध्यक्ष जोशी र लेखा अधिकृत पाण्डे पक्राउ
एन्फाका कोषाध्यक्ष जोशी र लेखा अधिकृत पाण्डे पक्राउ
  • २०७७ आश्विन २९, १३: ३५

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का दुई कर्मचारी पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले एन्फाका...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०७७ आश्विन २९, १३: ३५

काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...

संघीय संसदका दुवै सदनको बैठक बस्दै
संघीय संसदका दुवै सदनको बैठक बस्दै
  • २०७७ आश्विन २९, १३: ३५

काठमाडौं : संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ। अपराह्न १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको...