सरकार विस्तारमा संवैधानिक पूर्ण विराम, अब नयाँं मन्त्री थप्न नपाईने – Naya Bikalpa
September 24, 2026, Thursday      Epaper

सरकार विस्तारमा संवैधानिक पूर्ण विराम, अब नयाँं मन्त्री थप्न नपाईने

काठमाडौं–तीन मन्त्रीले शपथ लिए लगतै अरु मन्त्री थप्न सबैधानिक अड्चन देखिने भएको छ । आईतबार तीन मन्त्री थपेपछि संविधानले दिएको सरकारको कोटा भरिएको छ ।

प्रधानमन्त्रीले अब कसैलाई मन्त्री वा राज्यमन्त्री बनाउनु परेमा अहिले भएकालाई हटाउनुपर्ने छ । नेपालको संविधानले संघीय सरकारको मन्त्रिपरिषद् २५ भन्दा बढी हुने छैन भनि सीमा तोकि दिएको छ । बिहीबार गठित मन्त्रिपरिषद्को संख्या २५ पुगिसकेको छ ।

प्रधानमन्त्री सामु अब यसका लागि दुई विकल्प मात्र छन् । पहिलो सरकारमा भएकालाई हटाउने र अर्को संविधान संशोधन गर्ने ।

नेपालको संविधानको धारा ७६को उपधारा–९मा राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा संघीय संसद्का सदस्यमध्येबाट समावेशी सिद्धान्त बमोजिम प्रधानमन्त्री सहित बढीमा पच्चीस जना मन्त्री रहेको मन्त्रिपरिषद् गठन गर्नेछ भन्ने लेखिएको छ ।

सोही दफाको स्पष्टीकरणमा भनिएको छ, यस भागको प्रयोजनका लागि “मन्त्री” भन्नाले उपप्रधानमन्त्री, मन्त्री, राज्य मन्त्री र सहायक मन्त्री सम्झनु पर्छ भन्ने उल्लेख छ ।

प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललाई रक्षामन्त्रीबाट प्रधानमन्त्री कार्यालयको जिम्मा दिए पनि सो स्थानमा अरु ल्याउन समेत कठिन हुने भएको छ । स्रोतका अनुसार स्थायी समिति सदस्य भीम रावललाई प्रधानमन्त्रीले रक्षामन्त्री बनाउने सोच बनाएको बालुवाटार स्रोतले बतायो ।

सम्बन्धित समाचार

कांग्रेस नागर्जुन सभापतिमा राजेन्द्र बुढाथोकी विजयी
कांग्रेस नागर्जुन सभापतिमा राजेन्द्र बुढाथोकी विजयी
  • २०७७ आश्विन २९, १४: २२

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत काठमाडौंको नागार्जुन नगर सभापतिमा राजेन्द्र बुढाथोकी विजयी भएका छन्। नागार्जुन नगरको तेस्रो नगर अधिवेशनअन्तर्गत...

नेपाली कांग्रेसको १५औं महाधिवेशन : ५१२ पालिकामा अधिवेशन सम्पन्न
नेपाली कांग्रेसको १५औं महाधिवेशन : ५१२ पालिकामा अधिवेशन सम्पन्न
  • २०७७ आश्विन २९, १४: २२

काठमाडौं : नेपाली कांग्रेस को १५औँ केन्द्रीय महाधिवेशन अन्तर्गत देशभर पालिका तहका अधिवेशन सुरु भएका छन्। पार्टी केन्द्रीय कार्यसमितिको निर्णयअनुसार...

शुक्रबारदेखि भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह
शुक्रबारदेखि भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह
  • २०७७ आश्विन २९, १४: २२

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले शुक्रबारदेखि आइतबारसम्म देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै बाढी, पहिरो, डुबान...